शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नगरपालिका कर्मचारीको करेन्ट लागेर मृत्यु

शनिबार, २१ भदौ २०७६, २१ : ०१
शनिबार, २१ भदौ २०७६

वुटवल – करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमनप्रसाद कान्दुको मृत्यु भएको छ । घटनालाई लिएर आइतबार कपिलवस्तुको नगरपालिका र सबैै कार्यालयमा शोक मनाउने घोषाणा गरेको छ । 

कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । विद्युतको मेन लाइनको तारमा छोइएर हातमा करेन्ट लागेपछि करेन्टको झड्काले कान्दु जमिनमा खसी घाइते भएका थिए । घाइते कान्दुको उपचारको क्रममा शुक्रवार राति चितवनस्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

५२ वर्षीय मृतक कान्दुको निधनप्रति कपिलवस्तु नगरपालिकाले गहिरो दुख व्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी देवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्य लगायतले मृत आत्माको चीर शान्तिको लागि कामना गरेका छन् ।

मृतक कान्दुको शव चितवनबाट तौलिहवा तर्फ ल्याउने तयारी भएको उनले बताए । कानुनी प्रक्रिया पुरा गरी शव परिवारजनलाई बुझाईने प्रहरीले जनाएको छ । स्वर्गीय कान्दुको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै कपिलवस्तु नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुमा एक दिन शोक विदाको घोषणा गरेका विज्ञप्तीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप