बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्ण मन्दिरमा देखियो साना कृष्णजीहरुको लिला (फोटोफिचर)

सोमबार, ३० साउन २०७४, ११ : ३७
सोमबार, ३० साउन २०७४

ललितपुर । पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताए । पूजाका लागि चाँपागाउँ, गोदावरी, पाटनवासीलगायत राजधानीका विभिन्न स्थानबाट व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ । 

हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै जात्रा मनाइने प्रचलन रहेको छ । सो क्षेत्रमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हरेक वर्ष राष्ट्रप्रमुखबाट पूजा गर्ने र प्रसाद ग्रहण गरिने प्रचलन रहँदै आएको छ । 

शिखरशैलीमा निर्मित सो मन्दिर राजा सिद्धीनरसिंह मल्लको पालामा निर्माण भएको हो । उक्त मन्दिरमा २१ वटा गजुर रहेको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप