धनुषामा बस दुर्घटना, ६ घाइते
शनिबार, २१ भदौ २०७६, १३ : १०
जनकपुर-धनुषाको दक्षिणी क्षेत्रमा पर्ने नगराइन नगरपालिका वडा नम्बर २ को शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते मध्य जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अन्दाजी ३० वर्षीय संजय पूरीकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यस्तै महोत्तरीका २० वर्षीय कृष्णा कुमार यादव, अरमाना खातून, राकेश लाल कर्ण, चरित्र यादव, मरनी देवी मंडल र जनकपुरधाम वडा नम्बर १८ की २५ वर्षीया अरमाना खातून घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।
जनकपुर देखि जटही जाँदै गरेको ना ७ ख ७९७८ बस अनियन्त्रित भई दुघर्टना भएको जिप्रका धनुषाले जनाएको छ ।
बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना