चितुवाले आक्रमण गरी बेपत्ता बनाएको बालकको शव जंगलमा भेटियो
चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।
शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालकको शव राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको उनले बताए । बालको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ ।
यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले जानकारी दिए । स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट विसं २०६८ यता २४ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ