शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शनिबार, २१ भदौ २०७६, ०६ : ०८
शनिबार, २१ भदौ २०७६
  वि.सं.२०७६ साल भाद्र २१ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि नवमी,४८ घडी १४ पला,रातको ०१ बजेर ०३ मिनेट उप्रान्त दशमी । नक्षत्र ज्येष्ठा,१० घडी ५६ पला,बिहान १० बजेर ०८ मिनेट उप्रान्त मूल । योग प्रिती,२१ घडी २३ पला,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त आयुष्मान । करण बालव,दिउसो ०१ बजेर ०९ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर ०३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मुसल योग । चन्द्रराशि बृश्चिक,बिहान १० बजेर ०८ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १६ मिनेट । दिनमान ३१ घडी १८ पला । अदु:ख नवमी व्रत।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीकास्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
 
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने बिवादित बिषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हातलगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथिको हरेका पाईलामा समर्थन पाइने  योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  बिद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजभुत हुनेहुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । मायाप्रेममा बिश्वासको बाताबरण बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । बिहानको समयमा लामो दुरिको यात्रा गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ । मध्यान्हबाट वैदेशिक ब्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाँफा तथा आम्दानी हुनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खराबि हुन सक्छ ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरि हाईड्रोपावर,पानि तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।
 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामको सवालमा बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नया व्यावसायमा लगानी  गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको समयोगमा राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन नं.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

ReplyForward

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप