शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खकुरेलको आईसीसी सदस्यमा उम्मेदवारी

शुक्रबार, २० भदौ २०७६, २२ : ३८
शुक्रबार, २० भदौ २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचनमा राजन खकुरेलले आईसीसी सदस्यमा उमेद्वारी दिएका छन् । 
एनआरएन युकेको कार्यसमितिमा बसेर काम गर्ने क्रममा हाँसिल गरेका अनुभव र सिकाईलाई अब थप उपल्लो तहबाट सस्थाको हितको लागि सदुपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको खकुरेलले बताए । 

सन् २०१० मा बेलायत प्रवेश गरेयता उनले आफ्नो व्यापार व्यवसाय बाहेक  समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । 
धादिङका उनी हाल बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष र नेपाली युथ एशोसियसन यूकेका उपाध्यक्ष समेत हुन् । 

उनले आईसीसीमा रहेर नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन सशक्त भूमिका खेल्ने, नेपाली नागरिकताको निरन्तरतामा जोड दिने,  गोर्खा आन्दोलनको अभियानलाई सघाउने, नेपाल भित्र र गैर आवासीय नेपाली उद्यमीहरू बीचको नेटवर्कलाई  विकास गर्नमा लागिपर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप