शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘चेल्सीले मलाई अपराधीजस्तो व्यवहार गर्यो, अब म एथ्लेटिको जान चाहन्छु’

सोमबार, ३० साउन २०७४, १० : ५५
सोमबार, ३० साउन २०७४

लण्डन । डिएगो कोस्टाले चेल्सीले आफूलाई ‘अपराधी’ जस्तो व्यवहार गरेको बताउँदै आफू एथ्लेटिको म्याड्रिड फर्कन इच्छुक रहेको खुलासा गरेका छन् ।
२८ वर्षीय स्पेनिस स्ट्राइकरले गत मेमा एफए कपको फाइनलमा चेल्सीका लागि आन्तिम खेल खेलेका थिए । 

त्यसपछि जुनमा प्रशिक्षक एन्टोनियो कोन्टेले कोस्टालाई मेसेज गर्दै उनी अगामी सिजन टोलीको सदस्य नरहने बताएका थिए ।

कोस्टाका अनुसार अहिले क्लबले उनलाई रिजर्भ खेलाडीहरुसँग प्रशिक्षक गर्न माग गरिरहेका छन् । ‘म जान चाहन्छु भने उनीहरुले किन मलाई जान दिँदैनन्,’ डेली मेलसँग कुरा गर्दै कोस्टाले भने ।

‘मैले यहाँ ज्ञानी बनेर राम्रो गर्न खोजे । तर, अब म एथ्लेटिको जान चाहन्छु,’ उनको भनाई थियो ।

कोस्टा सन् २०१४ मा एथ्लेटिको म्याड्रिडबाट चेल्सी आइपुगेका हुन् । त्यसयता उनले क्लबबाट दुईवटा प्रिमियर लिगको उपाधि तथा लिग कपको उपाधि जितेका छन् ।

गत जनवारीमा उनी र फिटनेस प्रशिक्षकबीच बादविवाद भएपछि उनलाई टोलीमा समावेश गरिएको थिएन । 

‘जनवारीमा प्रशिक्षकसँग भएको घटनापछि हुन लागेको मेरो करार नविकरण भएन,’ कोस्टाले भने, ‘मलाई लाग्छ यसमा प्रशिक्षकक कोन्टेको हात छ । प्रशिक्षकको रुपमा म उनको सम्मान गर्छु तर व्यक्तिको रुपमा गर्दिन ।’

गत जुनमा कोन्टेले आफूलाई पठाएको मेसेज सुरक्षित राखेको बताउँदै कोस्टाले कोन्टे खेलाडीहरुसँग नजिक नभएको र आफ्नै धारणा बनाउने गरेको पनि आरोप लगाए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप