शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीदेवीबारे थाहा नभएका तथ्यः जब हरेक फिल्ममा सँगै काम गर्न चाहन्थे जितेन्द्र

सोमबार, ३० साउन २०७४, १० : ५२
सोमबार, ३० साउन २०७४

श्रीदेवी ५४ वर्ष पुगेकी छिन् । उनको जन्म सन् १९६३ अगस्ट १३ तारिखमा तमिलनाडुको शिवकासीमा भएको थियो । श्रीदेवीको व्यक्तिगत र व्यवसायिक जीवनसँग जोडिएका यस्ता थुप्रै कुराहरु छन् जो धेरैलाई थाहा छैन ।

जब शक्ति कपूरले पहिलो पटक भेटे श्रीदेवीः

शक्ति कपूर र श्रीदेवीको पहिलो भेट सन् १९८३ मा ‘हिम्मतवाला’ को सेटमा भएको थियो । उक्त भेटलाई याद गर्दै उनी भन्छन्, ‘राजमुन्दरीमा फिल्मको आउटडोर सुटिङ चलिरहेको थियो । श्रीदेवी आमा र बहिनीसँग सेटमा पुगेकी थिइन् । उनलाई हिन्दी बोल्न गाह्रो भइरहेको थियो त्यसकारण अंग्रेजीमा कुराकानी गरिरहेकी थिइन् । उनी अन्य नायिकाले जस्तै ब्रेकमा गसिप गर्दिनथिन् । उनी मानिसहरुसँग निकै भद्र तरिकाले कुरा गर्थिन् र आफ्नो कुर्सी उनलाई दिने गर्दथें ।’

हरेक फिल्ममा श्रीदेवीसँग अभिनय गर्न चाहन्थे जितेन्द्रः

शक्ति कपूरले भने, ‘जितेन्द्रलाई ‘हिम्मतवाला’ को क्रममा श्रीदेवीको अभिनय यति मन पर्यो कि उनले निर्देशक के. राघवेन्द्र रावलाई आफ्नो सबै फिल्ममा उनलाई र श्रीदेवीलाई नै कास्ट गर्न आग्रह गरे । सायद यसै कारणले हुनसक्छ ‘हिम्मतवाला’ मा रावले दुबैलाई ‘जानी दोस्ती’, ‘जस्टिस चौधरी’, ‘तोहफा’, ‘सुहागन’, ‘धर्म अधिकारी’ र ‘दिल लगाके देखो’ जस्ता फिल्ममा कास्ट गरे ।’

घरको मात्र खाना खान्थिन् श्रीदेवीः

शक्ति कपूरका अनुसार साउथ इन्डियन कलाकारलाई आफ्नो घरमा पकाइएको साउथ इन्डियन खाना मात्रै मनपर्छ । उनी भन्छन्, ‘फिल्मको सेटमा श्रीदेवी घरबाट टिफिन ल्याउने गर्दथिन् जसमा भेजिटेरिन खाना हुन्थ्यो । उनी त्योबाहेक केही पनि खाँदिनथिन् ।’

पूजा पाठमा विश्वासः

शक्ति कपूरका अनुसार श्रीदेवी सेटमा लामो समय प्रार्थना गरेर बिताउँथिन् । उनी विभिन्न समयमा ब्रत पनि बस्थिन् । हरेक फिल्मको पहिलो शटको सुरुमा उनी हात जोडेर भगवानसँग प्रार्थना गर्दथिन् । यसका साथै, जतिबेला सेटमा आउँथिन् जमिनलाई छोएर नमस्कार गर्थिन् ।’

डाइट कन्सियसः

शक्ति कपूरका अनुसार एक समय थियो जब श्रीदेवी फिट र स्लिम थिइनन् । तर पछि उनलाई परफेक्ट फिगर बनाउने दबाब आयो । उनी भन्छन्, ‘हिम्मतवालाको क्रममा श्रीदेवी स्लिम थिइनन् । तर होशियारको सुटिङ गर्दा उनले आफ्नो तौलमा ध्यान दिन सुरु गरे । हामी एक सुन्दर विदेश भूमीमा सुटिङ गरिरहेका थियौं । त्यतिबेला मैले उनलाई आइसक्रिम खाइरहेको देखें । उनले मतर्फ हेर्दा आफूले महिनौं पछि आइसक्रिस खाएको बताइन् ।’

एकैछिनमा अभिनयको मुडमा आउँथिन् उनीः

रोहिणी हट्टंगडीले श्रीदेवीसँग ‘धर्म अधिकारी’, ‘चालबाज’ र ‘गैरकानूनी’ जस्तो फिल्ममा काम गरिन् । उनका अनुसार सेटमा श्रीदेवी एकैछिनमा अभिनयको मुडमा आउँथिन् । रोहिणी भन्छिन्, ‘फिल्म धर्म अधिकारीको सुटिङको क्रममा क्यामराले उनलाई एक प्लेट लड्डुसँग सुटिङ गर्यो । तर क्यामरा रोल हुनुपूर्व उनले जितेन्द्रसँग ठट्यौली पारामा भनिन्, ‘आउनुहोस्, जितुजी लड्डु खानुहोस् । ’ यति नै बेला निर्देशकले एक्शन भने र श्रीदेवीले एक सेकेन्डमा आफ्नो फेस क्यामरातर्फ देखाइन् । उत्कृष्ट शट दिएपछि निर्देशकले कट भन्ने बित्तिकै उनी पुनः जितेन्द्रसँग कुराकानी गर्न थालिन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप