बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुकाकुको दुई गोलको मद्दतले युनाइटेड विजयी

सोमबार, ३० साउन २०७४, १० : ३७
सोमबार, ३० साउन २०७४

म्यान्चेस्टर । युनाइटेडका लागि प्रिमियर लिग डेब्युमा रोमेलु लुकाकुले दुई गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्यामलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।
जोसे मोरिन्हो टोलीले वेस्ट ह्याममाथि निरन्तर दबाब बनाउँदै नयाँ प्रिमियर लिग सिजनमा उत्कृष्ट शुरुवात गरेको हो ।

७.५ करोड पाउण्डमा एभर्टनबाट युनाइटेड भित्रिएका लुकाकुले खेलको ३३ औँ मिनेटमा गोल गोल युनाइटेडलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा अर्को गोल थपे ।

लुकाकुले प्रिमियर लिगमा तीन वटा क्लबका लागि डेब्युमा गोल गर्न सफल भएका छन् । युनाइटेड अघि उनले एभर्टन र वेस्ट ब्रोम आल्बियनका लागि गोल गरेका थिए ।

यसको साथै लुकाकुले अन्य टोलीको तुलनामा वेस्ट ह्यामविरुद्ध सबैभन्दा धेरै ११ गोल गरेका छन् ।

त्यसपछि खेलको अन्त्यतिर ३ मिनेटको अन्तरालमा एन्थोनी मार्सियाल र पाउल पोग्बाले एक–एक गोल थपे ।

उता, आइतबार नै भएको खेलमा टोटनहम हटस्पर्सले १० खेलाडीमा सिमित बनेको न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

यो सिजन प्रिमियर लिगमा प्रवेश पाएको न्युक्यासलले खेलको लामो अवधि स्पर्सलाई रोक्न सफल भएको थियो । तर, कप्तान जोन्डो सेल्भीले रातो कार्ड खाएपछि त्यसको फाइदा उठाउँदै टोटनहमले दुई गोल गर्न पुग्यो ।

टोटनहमका लागि डेली अली र बेन डेभिसले एक–एक गोल गरे ।

टोटनहमले आफ्ना पछिल्ला १४ मध्ये १३ खेलमा जित हासिल गरेको छ । यसक्रममा उसले १७ गोल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप