बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ २३ गतेबाट सुपथ मूल्यका पसल सञ्चालन हुने

शुक्रबार, २० भदौ २०७६, १६ : २२
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल सञ्चालन गर्ने निर्णय गरिएको पनि बताए । सुपथ पसल सञ्चालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ ।

विभागले यसवर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका  दरले छुट दिने व्यवस्था पनि गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको पनि विभागका महानिर्देशक गौचनले जानकारी दिए ।

विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ । महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरे । उनले तीजमा सारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ? भनि सरकारलाई प्रश्न गरे ।

त्यसैगरी समितिका अर्की सदस्य दिल कुमारीले बजारमा खाद्य वस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कार्वाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाए । उनले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन पनि सरकारलाई सचेत गराए ।

समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप