बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय नागरिकद्वारा आत्महत्या

शुक्रबार, २० भदौ २०७६, १४ : ४७
शुक्रबार, २० भदौ २०७६

झापा– झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बरमनले फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाइलेटमा पसी ढोका बन्द गरेर आफ्नो शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको हो । 

आफ्नै शरीरमा आगो लगाउनु पर्ने कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप