शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश तीनको राजधानी हेटौँडा नै हुन्छ : कमल थापा

गौहत्याको दोषीमाथि कारवाही हुनुपर्छ
शुक्रबार, २० भदौ २०७६, ११ : ५३
शुक्रबार, २० भदौ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांँडानै हुने दाबी गरेका छन् ।

अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका हुन् ।

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो गृह जिल्ला मात्र नभइ राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौँडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पारे ।

अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौँडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क पनि गरे ।

फरक प्रसङ्गमा अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग पनि दोहो¥याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप