शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ तस्विरमा हेर्नुहोस् झापामा सेनाको रेस्क्यु अपरेशन

सोमबार, ३० साउन २०७४, १० : २०
सोमबार, ३० साउन २०७४

झापा । गत शुक्रबारदेखि अविरल परेको वर्षाका कारण पूर्वको झापा जिल्लाका अधिकांश स्थानहरु बाढी तथा डुवानबाट प्रभावित भएको छ । सम्भावित दूर्घटनालाई न्युनिकरण गर्न चारआलीस्थित नेपाली सेनाको श्री काली बहादुर गणले जिल्लाका बाढी प्रभावित विभिन्न क्षेत्रमा परिचालन भई उद्धार कार्यमा तल्लिन रहेको छ । 

यस क्रममा चारआली स्थित गणबाट गएको उद्धार टोलीले झापाका बाढी प्रभावित स्थानियबासीहरुलाई स्थानिय रुद्र्र बजगाईले उपलब्ध गराएको राहत खाद्यन्न सामाग्री वितरण गरेको छ । साथै बाढी प्रभावित स्थानियबासीहरुको खाद्यन्न तथा लताकपडाहरु समेत सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

यसै गरी सुरक्षा गुल्म चन्द्रगढीबाट गएको उद्धार टोलीले कचनकवलमा बाढी पिडितलाई उद्धार गरी अग्लो स्थानमा रहेको स्थानिय बासीहरुको घरमा स्थानान्तरण गरेको छ ।

हेर्नुहोस् तस्विर :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप