शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीमा गोली चल्यो

शुक्रबार, २० भदौ २०७६, ०६ : १८
शुक्रबार, २० भदौ २०७६

मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । 

इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा युवराज पुरीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप