शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईतवार ‘अल्फा बिटा यूएस क्यानडा एजुकेसन फेयर’ हुँदै

बिहीबार, १९ भदौ २०७६, १९ : ०७
बिहीबार, १९ भदौ २०७६

काठमाडौं– यस वर्षको ‘अल्फा बिटा युएस क्यानडा एजुकेसन फेयर’ भदौ २२ गते हुने भएको छ । 

यूएस तथा क्यानडाका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा आगामी आइतवार अल्फाबिटा कम्प्लेक्स बानेश्वरमा फेयर हुने भएको हो । फेयर बिहान १० बजेदेखि सुरु हुनेछ । 

विद्यार्थी तथा अभिभावकले एउटै छाना मुनि यूएस र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा परामर्श गरी सहि सुचना प्रदान गर्ने उदेस्यले फेयर आयोजना गरेको कार्यकारी अध्यक्ष द्धिराज शर्माले बताए । 

युएस तथा क्यानडामा उच्च शिक्षा लिन चाहनेहरुले कोर्ष, शुल्क, बसाईलगाएतका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् । 

विदेश अध्ययानमा जान चाहने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढिरहेको तथा यूएस र क्यानडामा समेत आकर्षण बढिरहेकाले  ती देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फेयरमा सहभागिता जनाएर सत्य, निष्पक्ष सुचना विश्वविद्यालयका आधिकारिक प्रतिनिधिबाट प्राप्त गर्ने अवसर रहेको उनले बताए । 

अल्फा बिटाले फेयरमा सहभागि हुने विद्यार्थीलाई बिभिन्न अफर समेत राखेको छ । मेलामा २० स्टल रहनेछन् । 

फेयरमा सहभागि विद्यार्थीलाई तयारी कक्षामा ५० प्रतिशत छुट

आईतबारको मेलामा उपस्थित हुने विद्यार्थीलाई अल्फा बिटाले तयारी कक्षा लगाएतमा अफरको ब्यवस्था पनि गरेको छ । फेयरमा सहभागि हुने विद्यार्थीले आईइएलटिएस, टोफल र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । फेयरमा सहभागिले ‘प्रोसेसिङ’ शुल्कमा पनि भारी छुट पाउने ब्यवस्था गरेको शर्माले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप