बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेब्युमा नै चम्किए नेयमार

सोमबार, ३० साउन २०७४, ०९ : ५९
सोमबार, ३० साउन २०७४

पेरिस । विश्व किर्तिमानी रकममा लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा भित्रिएका नेयमारले पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका छन् ।

२० करोड पाउण्डमा पीएसजी पुगेका नेयमार कागजी कारवाहीमा ढिलाईका कारण आइतबारको खेलमा मात्र डेब्यु गर्न पाएका हुन् । उनले एक गोलको अवसर सृजना गर्नुका साथै एक गोल गरेपछि पीएसजीले गुइनगाम्पलाई ३–० गोलको अन्तरले जीत हरायो ।

पहिलो हाफमा गोल हुन नसकेपनि खेलको दोस्रो हाफमा जोर्डन इकोकोले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा अग्रता लिएको थियो ।

त्यसपछि नेयमारले एडिसन काभानीका लागि गोलको अवसर सृजना गरे भने खेलको ८२ औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए । योसँगै पीएसजीले लिगमा शतप्रतिशत नतिजा कायम राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप