शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले रातो कार्ड पाए पनि रियलद्वारा बार्सिलोना पराजित

सोमबार, ३० साउन २०७४, ०९ : ४९
सोमबार, ३० साउन २०७४

बार्सिलोना । क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाए पनि रियल म्याड्रिडले बार्सिलोनालाई स्पेनिस सुपर कपको पहिलो लेगमा ३–१ ले पराजित गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५० औँ मिनेटमा जेरार्ड पिकेको आत्मघाती गोलको मद्दतबाट रियलले अग्रता लिएको थियो । मार्सिलोको क्रसलाई पिकेले आफ्नै गोलको जाली चुमाएका थिए ।

तर, गोलकिपर केलर नाभासले लुइस सुवारेजलाई डि एरियामा लडाएपछि लियोनेल मेस्सीले खेलको ७७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए ।
लगत्तै सब्सिटिच्युडको रुपमा मैदान प्रवेश गरेका रोनाल्डोले उत्कृष्ट गोल गर्दै रियललाई पुनः अग्रता दिलाए ।

गोल गरेपछि जर्सी खोल्दै उनले यसअघि लियोनेल मेस्सीले यसअघि स्यान्टियागो बर्नेबाउमा आफ्नो टिसर्ट प्रदर्शन गरे जसरी खुसियाली मनाएका थिए । जसको लागि उनले पहेँलो कार्ड खान पुगे ।

लगत्तै डि एरिया स्यामुएल उम्टिटीको दबाबमा डि एरियामा लडेपछि डाइभ गरेको अरोपमा दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । रोनाल्डो मात्र २४ मिनेट मैदानमा बिताए ।

१० खेलाडीमा सिमित बनेको रियलका लागि खेलको अन्त्यतिर मार्को असेन्सियोले २५ यार्ड टाढामा उत्कृष्ट गोल गर्दै ३–१ को जित दिलाए ।

२१ वर्षीया युवा खेलाडीले रियलका लागि ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, युइएफए सुपर कप र स्पेनिस सुपरको डेब्युमा गोल गरेका छन् ।
रियलले अब बुधबार दोस्रो लेगमा बार्सिलोनाको आतिथ्य गर्नेछ ।

नेयमारले बार्सिलोना छाडेपछि बार्सिलोनाको फरवार्ड लाइनले रियलविरुद्ध निकै संघर्ष गर्नुपरेको थियो । नेयमारको स्थानमा एभर्टनबाट फर्किएका जेरार्ड डेउलोफेउले खेलमा कुनै प्रभाव पार्न सकेनन् ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप