शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बस दुर्घटनामा ७ जना घाइते, दुईको अवस्था गम्भीर

बिहीबार, १९ भदौ २०७६, १० : २३
बिहीबार, १९ भदौ २०७६

दाङ । गत राती दाङमा बस दुर्घटना हुँदा घाइते भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बुटवलबाट दाङतर्फ आउँदै गरेको लु १ ख ८४९० नम्बरको बस अनियन्त्रित भइ सडक किनारमै पल्टिएको थियो ।

घाइतेमध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भएर डिस्चार्ज भइसकेको छ भने दुई जना गम्भीर घाइतेलाई प्रादेशीक अस्पताल बुटवल पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

उनका अनुसार घम्भीर घाइतेहरुमा सल्यानको बाघचौर–१२ की  १९ वर्षीया  गीता केसी र दाङको लमही–१ की ४५ वर्षीया गीता कुमाल रहेकी छन् ।

यता, दाङमै सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको शाहले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप