शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पलजी के सँधै अरुले छोडेको फिल्म मात्र गर्ने ?

बुधबार, १८ भदौ २०७६, १७ : ३५
बुधबार, १८ भदौ २०७६

काठमाडौं –म्युजिक भिडियोका स्टार हुन् पल शाह । तर उनको त्यो स्टारडमले फिल्ममा भने कमाल देखाउन सकेन । उनी अभिनित प्राय फिल्म फ्लप छन् । तर पनि उनी लगातार फिल्म गरिरहेका छन् । पल अहिले फिल्म ‘म यस्तो गीत गाउँछु २’को छायाँकनमा व्यस्त छन् । यसपछि उनको अभिनय ‘तिमीसँगै हुने मन छ’मा रहने चर्चा छ । यस फिल्ममा उनले अभिनेत्री दीपिका प्रसाईसँग रोमान्स गर्ने केही मिडियाले समाचार समेत बनाइसकेका छन् ।

‘तिमीसँगै हुने मन छ’ निर्देशक दिवाकर भट्टराइले बनाउन लागेको फिल्म हो । दिवाकरले यसअगाडि ‘ऐश्वर्या’ र ‘इस्टुपिट मन’ जस्तो मनछुने फिल्म बनाएका थिए । अनमोल केसी अभिनित केही पहिले प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ पनि उनले नै निर्देशन हुन् । 

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ आफ्नै निर्माण निर्देशनमा बनाउन लागेको फिल्म हो । यो फिल्ममा यस अगाडि आर्यन सिग्देलको अभिनय रहने चर्चा थियो । तर केही समयपछि स्क्रिप्टको कारणले उनले फिल्म छोडेको हल्ला समेत चल्यो ।

अहिले यो फिल्ममा पल रहने समाचार बाहिर आएको छ । हुन त एक कलाकारले छोडेको फिल्ममा अर्काे कलाकार भित्रुन सामान्य नै हो ।  अभिनेता पलका हकमा भने अरुले छोडेको फिल्ममा भित्रिनु कुनै नौलो कुरो पनि होइन । उनी अरुले छोडेको फिल्ममा सजिलै भित्रिने गर्दछन् । 

त्यसको उदाहरण ‘बीर बिक्रम २’ लाई लिन सकिन्छ । अभिनेता आकाश श्रेष्ठले मुर्हुतपछि छोडेको यो फिल्ममा उनी सजिलै भित्रिएका थिए । तर उक्त फिल्म हिट भने हुन सकेन । त्यसो त ‘तिमीसँगै हुने मन छ’का निर्देशक दिवाकरले भने पलसँग फिल्म अभिनयको बिषयमा कुरा मात्र भइरहेको बताएका छन् । दिवाकरका अनुसार उनी फिल्मका लागि फाइनल हुन बाँकी छन् ।

यस फिल्मका लागि उनी फाइनल भए उनको र अभिनेत्री दीपिका प्रसाइको फिल्मी रोमान्स दर्शकले देख्न पाउँनेछन् । जुन दर्शकले अहिलेसम्म हेर्न पाएका छैनन् । तर यस बिषयमा पललाई मिडियाको एउटा प्रश्न भने अवश्य तेर्सिनेछ – पल जि के सधै अरुले छोडेको फिल्म मात्र गर्ने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप