शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालयको विवादमा कांग्रेसद्वारा नगरपालिकामा तालाबन्दी

बुधबार, १८ भदौ २०७६, १५ : ३९
बुधबार, १८ भदौ २०७६

बुटवल ।  गुल्मी सदरमुकाम तम्घासमा रहेको  महेन्द्र नमुना माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्ति गरिएपछि विवाद उत्पन्न भएको छ । 

  गत साउन ९ गतेका दिन विद्यालय ब्यवस्थापन समितिका सीमित व्यक्तिहरुले  प्रधानाध्यापक केशरबहादुर  थापा विद्यालयमा नभएको अबस्थामा सहायक प्रधानध्यापक   युवराज ज्ञवालीलाई प्रधानाध्यापक नियुक्तिको सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो । 
सोही नियुक्तिको विवादलाई लिएर नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधीहरुले रेसुंगा नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बुधवार तालाबन्दी गरेका छन् ।  
यसैबीच असन्तुष्ट पक्षको उजुरीपछि रेसुङ्गा नगरपालिकाले नियुक्ति बदर गरि नयाँ प्रधानध्यापक छनौटको प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप