भीम रावलसँग स्पष्टीकरण लिइने
केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ ।
विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई सार्वजनिक रुपमै नकारात्मक टिकाटिप्पणी गर्ने व्यक्तिहरुलको खोजी नेकताभित्र व्यापकरुपमा हुन थालेको छ । यस क्रममा जम्मा पाँच जना नेताहरुको नाम स्पष्टीकरण लिनुपर्ने व्यक्तिका रुपमा सूचीबद्ध भएको बुझिएको छ ।
पार्टीमा फलामे अनुसाशन कायम गर्नका निम्ति महासचिव विष्णु पौडेलले विशेष अग्रसरता लिएका छन् । र, अनुसाशनहिनहरुको सूची तयार गर्न पनि उनले नै तत्परता दिएको बताइन्छ ।
नेताहरु भीम रावल, जनार्दन शर्मा, सूर्य थापा, मेटमणि चौधरी र जगन्नाथ खतिवडामाथि पार्टीको नीति र नेताविरुद्ध गतिविधि गरेको आरोप लागेको छ ।
यो समाचार घटना र विचार साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?