शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायी र मजदुरको बिचमा देखिएका समस्या समाधान गर्छु : देवकोटा

मङ्गलबार, १७ भदौ २०७६, २० : २९
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा पर्यटन व्यवसायी तथा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाशचन्द्र देवकोटाले प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

विगत २२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल देवकोटाले अञ्जन थापा (कुमार) समूहबाट प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी होटल व्यवसायमा पनि आबद्ध छन् । 

‘नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढि समय बिताउँदा प्राप्त अनुभवलाई टान र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासमा लगाउन सकिन्छ भनेर जान चाहेको हुँ,’ देवकोटाले बताए । 

टानका विगतका नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिन र गर्न नसकेका कामहरु आगामी नेतृत्वले पुरा गर्नुपर्ने उनको भनाई छ । टान नेतृत्वमा जो गएपनि व्यवसाय र व्यवसायीको हितमा काम गर्नुपर्ने देवकोटा बताउँछन् । 

आजको सन्दर्भमा व्यवसायी र मजदुरको विचमा देखिएका समस्या समाधान गर्ने, टिम्सको कोषलाई सहि र प्रभावकारी ढंगले खर्च गर्ने वातावरण निर्माण गर्ने, व्यवसायीका पिरमर्कामा टान सहयोगी बन्नसक्ने वातावरण निर्माण गर्नु नै आफ्ना एजेण्डाहरु भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप