शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुको  खोलामा बेपत्ता ३ जनाको शव फेला

मङ्गलबार, १७ भदौ २०७६, १८ : ३९
मङ्गलबार, १७ भदौ २०७६

बुटवल– भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ । शुद्धोधन गाउँपालिका ६ स्थित  बेटिबेलभरिया खोला (सन्तघाट) मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर र ८ वर्षीया खुश्वु कोहरको शव प्रहरीले विभिन्न स्थानबाट फेला पारेको हो ।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय पकडीबाट सई सुनिल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनाको शव खोलामा डुबेको अवस्थामा र ८ वर्षीया बालिका खुश्वुको शव नुहाउने स्थानबाट करिब १ किलोमिटरको दक्षिण दूरीमा पर्ने करमनी भन्ने स्थानको जामुनाको रुखको फेदमा  फेला पारेको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप