शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले भोली दोश्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गर्ने

मङ्गलबार, १७ भदौ २०७६, १८ : २८
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं– नेपाली काँग्रेसले बुधबार (भोली) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिएका हुन् ।

मंगलबार जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रिय भातृ संगठनहरुको केन्द्रिय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ । त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्य समितिले आजै टुंगो लगाउने काँग्रेसले जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज साँझसम्म सम्पन्न गर्ने योजना छ । प्रवक्ता शर्माले पार्टी कन्द्रिय कार्य समितिको बैठक आजै सकिने र भोली अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए । काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बूँदे एजेन्डामाथि छलफल तय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप