शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गमगढी सडकखण्डमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

मङ्गलबार, १७ भदौ २०७६, १३ : ४०
मङ्गलबार, १७ भदौ २०७६

सुर्खेत– कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।  उक्त बसको  ठक्करबाट  घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा  उपचारका क्रममा मृत्यु भएको हो । 

मुगुका धनबहादुर बुढाले सोमबार राति जिल्ला प्रशासन कार्यालयमा  जानकारी गराएपछि सुरक्षा संयन्त्रमार्फत घाइतेलाई उपचारका लागि राति नै उक्त अस्पताल पु¥याइएको थियो । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप