केन्द्रीय संस्करण

चन्द्रयान २ : सुरु भयो ल्याण्डर विक्रमको उल्टो परिक्रमा

person explore access_timeभदौ १७, २०७६ chat_bubble_outline0

इसरोका वैज्ञानिकहरुको ध्यान अब चन्द्रयान २ को आर्बिटरबाट हटेर चन्द्रमामा ओर्लिने अर्को यान ल्याण्डरमा केन्द्रित भएको छ । यस क्रममा आज ३ सेप्टेम्बरका दिन इसरोले ल्याण्डर विक्रमको इञ्जिन प्रज्वलित गरी यसको आर्बिट परिवर्तन गरेका हुन् ।

३ सेप्टेबरको विहान ८ बजेर ५० मिनेटमा वैज्ञानिकले ल्याण्डरको इञ्जिन प्रज्वलित गरेर यसलाई चन्द्रमाको झनै तल्लो आर्विट १०४ ह् १२८ किमिमा स्थापित गरेका छन् ।

यसभन्दा पहिला हिजो २ सेप्टेम्बरमा १३ बजेर १५ मिनेट जाँदा इसरोले ‘माउयान आर्बिटर’ बाट ल्याण्डर विक्रमलाई अलग गराएका थिए ।

ल्याण्डर विक्रमले २ सेप्टेम्बरको १३.१५ देखि झन्डै २० घन्टासम्म माउयान आर्बिटरको पछि रहेर २ किमि प्रति सेकेण्डका गतिले चन्द्रपरिक्रमा गरिरह्यो ।

३ सेप्टेम्बरमा इसरोले ल्याण्डरको आर्बिट परिवर्तन गरेर यसलाई आर्बिटरबाट टाढा पठाएको छ ।

इसरोले आजको आर्बिट परिवर्तन गर्दा ल्याण्डरको दिशा परिवर्तन पनि गरेको छ । अर्थात आर्बिटरदेखि बेग्लै भएपछि ल्याण्डरले आर्बिटरकै पछि रहेर एउटै दिशामा चन्द्र परिक्रमा गरिरहेको थियो तर आजको आर्बिट परिवर्तनले यसको परिक्रमा गर्ने दिशा विपरीत बनाइएको छ । यसलाई अन्तरिक्ष विज्ञानको भाषामा ‘डिआर्बिट’ गर्नु भनिन्छ ।

यसरी दिशा परिवर्तन गर्नुको कारण ल्याण्डरले चन्द्रमाको दक्षिण धु्रवमा ओर्लिने कार्यक्रमले गर्दा गरिएको हो ।


इसरोका अनुसार भोलि ४ सेप्टेम्बरमा पुनः ल्याण्डरको आर्बिट परिवर्तन गरेर यसलाई ३६ह्११० किमिको आर्बिटमा स्थापित गरिने छ । ५ र ६ सेप्टेम्बरमा ल्याण्डरले यसै आर्बिटमा रहेर चन्द्रपरिक्रमा गरिरहनेछ ।

यी दुबै दिन इसरोले ल्याण्डर विक्रमका सबै ‘सेन्सर’हरु जाँच गर्नुका साथै पेलोडका रुपमा यसभित्र राखिएको रोभर प्रज्ञानको जाँच–परिक्षण गर्नेछ ।

ल्यान्डिग ७ सेप्टेम्बरमा

Photo: https://cdn.thewire.in

इसरोका अनुसार ३६ किमिमाथि रहेको ल्याण्डरलाई चन्द्रमामा ओराल्ने प्रक्रिया ७ सेप्टेम्बर प्रारम्भ हुनासाथ (६ सेप्टेम्बरको राति १२ बजेपछि) गरिने छ ।

यसक्रममा झन्डै ३६ किमि माथिरहेको ल्याण्डरलाई चन्द्रमाको दक्षिण धु्रवमाथि रहँदा ल्याण्डिग प्रक्रिया थालिनेछ । ल्याडरको इञ्जिन प्रज्वलित गरी यसको गति २०० मिटर प्रति सेकेण्ड राखी तल ओराल्ने काम सुरु गरिने छ । यस गतिले झण्डै २९ किमि तल झरेपछि यानको गति अझै १ सय गुना कम अर्थात् जम्मा २ मिटर प्रति सेकेण्डमा ल्याइनेछ । ल्याण्डरले बाँकी रहेको ६ किमिको दूरी यसै गरी अर्थात् २ मिटर प्रति सेकेण्डको गतिले पूरा गर्नुपर्ने छ । यो भन्दा वढी गति खतरनाक हुन सक्छ ।

इसरोका चेयरम्यान के. सिवनका अनुसार ल्याण्डिग गर्ने बेलाको अन्तिमका १५ मिनेट अत्यन्त चुनौतीपूर्ण हुनेछन् । यानको गतिलाई नियन्त्रित गरेर सुरक्षित ल्याण्डिग गर्नु नै अभियानको सबै भन्दा जटिल र चुनौतीपूर्ण पक्ष हो ।

इसरोले बनाएको कार्यतालिका अनुसार ७ सेप्टेम्बरको विहान १ः३० देखि २ः१५ सम्म ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुव मैंजिनस–सी र सिंपेलियस–एन नामक क्रेटरका बीच रहेको मैदानमा ओर्लिने छ ।

ल्याण्ड गरेको झण्डै २ घन्टापछि ल्याण्डर विक्रमको ¥याम्प खोलिन्छ र यसबाट ६ वटा चक्का रहेको रोभर प्रज्ञान बाहिर निस्कनेछ ।

रोभर प्रज्ञानले ल्याण्डरबाट निस्केर चन्द्र घरातलमा टेकेको झण्डै १ घण्टापछि यसमा जडित सोलार प्यानल खोलिने छन् । रोभरले यसै सोलार प्यानलबाट उर्जा प्राप्त गर्छ ।

इसरोले गरेको अनुमानअनुसार ७ सेप्टेम्बरको बिहान ५–५.१५ सम्म रोभर प्रज्ञानले चन्द्र धरातलमा हिँड्ने क्रम प्रारमभ गर्नेछ । त्यसबेला रोभर प्रज्ञानको चन्द्रमामा हिँड्ने गति १ सेन्टिमिटर प्रति सेकेण्ड हुनेछ । रोभर प्रज्ञानले झण्डै १३.५ दिनसम्म चन्द्र धरातलको यात्रा गर्नेछ । यस अवधिमा उसले झण्डै आधा किमि. हिँडेर यात्रा गर्नेछ ।

रोभर प्रज्ञानले यात्रा सुरु गरेको १५ मिनेट भित्र इसरोलाई सन्देश पठाउन थाल्नेछ । तर प्रज्ञान र पृथ्वीस्थित इसरोको नियन्त्रण कक्ष बीच सीधा सम्पर्क हँुदैन । प्रज्ञानले ल्याण्डर विक्रमलाई सन्देश पठाउछ । ल्याण्डर विक्रमले चन्द्र धरातलबाट झण्डै १०० किमि माथि उडिरहेको आर्बिटरलाई सन्देस फरवर्ड गर्छ र आर्बिटरले ल्याण्डर विक्रमबाट प्राप्त भएको सन्देश पृथ्वीस्थित इसरोको नियन्त्रण कक्षलाई पठाउने काम गर्छ ।

रोभर प्रज्ञानले पठाएको सन्देश पृथ्वीमा आइपुग्न झण्डै १५ मिनेट समय लाग्ने छ ।

रोभर प्रज्ञानले ७ सेप्टेम्बर देखि २१ सेप्टेम्बरसम्म एक चन्द्रदिन अर्थात् झण्डै १३.५ पृथ्वीदिनसम्म काम गर्ने छ ।

 

Title Photo: https://images.firstpost.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...