शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्धकार पूर्वी तराई, बाँके–बर्दियासम्म बाढीको बबण्डर ! (फोटोफिचर)

आइतबार, २९ साउन २०७४, २२ : ३२
आइतबार, २९ साउन २०७४

काठमाडौं– आईतबार दिनभर पूर्वी तराईको आकाश खुलेन् । गृहमन्त्री जनार्दन शर्मासहितका सुरक्षा अधिकारीहरुको टोली सप्तरीको आकाशमा उड्दै गर्दा आकाशे पानी र कुहीरो लुकामारी गर्दै थिए । पूर्वी तराईको सप्तरीमा दुई दिनदेखि परेको पानी अझै थामिएको छैन, जताततै बाढी पस्ता सिंगो जिल्ला जलमग्न भएको छ । 

सप्तरी मात्र हैन, पूर्वको झापा, मोरङ, सुनसरीलगायतका जिल्लाहरु बाढीका कारण जलमग्न भएका छन् । बाढीको कारण झापामा हालसम्म ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । ईलाममा एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा २ जनाको मृत्यु भएको र ३ जना हराईरहेका मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिएका छन् । 

त्यस्तै मध्यपश्चिमको बाँके र बर्दियामा बाढीले ठुलो जनधनको क्षती गरेको छ । स्थानिय प्रशासनका अनुसार बाँकेमा हालसम्म ४ जनाको मृत्यु भैसकेको छ । देशभर मृत्यु तथा बेपत्ता हुनेको संख्या ७० नाघिसकेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले पूर्वी तराई मध्यपश्चिमका बाँके बर्दियाबाट सयौंको उद्धार गरिसकेको छ । आईतबार बाढी प्रभावित जिल्लामा पुगेर हेलिकप्टर मार्फत लिईएका तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप