शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी

मङ्गलबार, १७ भदौ २०७६, १२ : २५
मङ्गलबार, १७ भदौ २०७६

 बुटवल। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ ।  जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको  लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको  अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।  

   वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।  छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ  केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ ,  त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ  तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप