शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध पाकिस्तानले कहिले पनि युद्ध सुरु गर्दैन : इमरान खान

मङ्गलबार, १७ भदौ २०७६, १० : २५
मङ्गलबार, १७ भदौ २०७६

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरुद्ध आफूहरुले कहिले पनि युद्ध सुरु नगर्ने बताएका छन् ।

पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले सोमबार यो कुरा बताएका हुन् ।

खानले युद्ध कुनै पनि समस्याको समाधान नभएको पनि बताए ।

‘म भारतलाई के भन्न चाहन्छु भने युद्ध कुनै पनि समस्याको समाधान होइन । युद्धका विजेताले पनि खासमा हारेकै हुन्छ । युद्धले अन्य धेरै खराबीलाई जन्म दिन्छ ,’ उनले भने ।

भारत र पाकिस्तानको सम्बन्ध सन् २०१६ जनवरीको पठानकोटको हवाई फौजको आधारमा आक्रमण भएदेखि राम्रो छैन ।

आक्रमणमा पाकिस्तानमा आधार बनाएर बसेका आतंकवादीको हात भएको भन्दै भारतले आतंकवाद र वार्ता सँगसँगै जान नसक्ने भन्दै संवाद रोकेको थियो ।

फेरि यही वर्षको प्रारम्भमा, भारत र पाकिस्तानबीच सम्बन्ध झन् खराब तब भयो जब पाकिस्तानमा आधार रहेको जैश–ए–मुहम्मदले भारतभित्र पुलवामा जिल्लामा ४० जना अर्धसैनिक जवानलाई मारे ।

तनाब उच्च रहेको अवस्थामा फेब्रुअरी २६ मा भारतको हवाई फौजले जैश–ए–मुहम्मदको सबैभन्दा ठूलो तालिमस्थल मानिएको वालाकोटमा प्रति–आतंकवादी अप्रेशन चलायो । 

त्यसको भोलिपल्ट भारत र पाकिस्तान फौजबीच भएको हवाई द्वन्द्वको क्रममा पाकिस्तान हवाई फौजले भारतको एमआईजी–२१लाई झारिदियो ।

अहिले आएर नयाँ दिल्लीले जम्मु–कश्मीरको संवैधानिक हैसियत बदलेपछि भारत र पाकिस्तानबीचको तनाव झनै खराब भएको छ । 

भारतले चालेको कश्मीर कदमपछि पाकिस्तानले उसको देशमा रहेको इण्डियन हाई कमिश्नरलाई निस्कासित गर्दै कुटनीति सम्बन्धनै न्यूनिकरण गरेको छ ।

इमरानले आफूलाई भेट्न आएका शिख समुदायका प्रतिनिधिमण्डलसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन वार्ता पनि स्मरण गरे ।

‘मैले मोदीलाई पाकिस्तान र भारत दुवैतर्फ समान खाले परिस्थिती रहेको कुरा सम्झाएँ । मैले उनलाई जलवायु परिवर्तनबारे बताए । हामीले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न सकेनौं भने दुवै देशमा पानीको अभाव हुनेबारे पनि बताएँ । मैले संवादमाफर्त हामी मिलेरै कश्मीरको विवाद समाधान गर्न सक्छौँ भने ।’

आफ्नो वार्ताको प्रयासलाई भारतले गरेको ‘बेवास्ता’प्रति निराशा व्यक्त गर्दै खानले भने, ‘मैले गरेको सबै प्रयासमा भारतले आफू महाशक्तिजस्तो व्यवहार गर्दै हामीलाई पो उल्टो यो गर त्यो नगर भन्न थाले ।’

सोमबार युरोपका विभिन्न देशमा बसोबास गरिरहेका सिखसँग इमरानलाई भेट गरेका थिए । पाकिस्तानभित्र रहेको शिखहरुको पवित्र धार्मिकस्थलमा भ्रमणको लागि भिसाबारे छलफल गर्न उनीहरुले इमरानलाई भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप