बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इसरोले इतिहास रच्यो , ऑर्बिटरबाट ल्याण्डर सेप्रेट गरियो, अर्को ठूलो चुनौती अझै बाँकी

आज बिहान ९ देखि १० बजेको बीचमा ल्याण्डरलाई झनै तल्लो चंद्र ऑर्बिटमा स्थापित गर्ने
मङ्गलबार, १७ भदौ २०७६, ०७ : ३१
मङ्गलबार, १७ भदौ २०७६

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले २ सेप्टेम्बरका दिन नयाँ इतिहास रचेको छ ।यस दिन  इसरोले  आफ्नो दोस्रो चन्द्रयान अभियान अन्र्तगत  पृथ्वीबाट झन्डै  ३ लाख ८४ हजार ३ सय किमि टाढा  अर्थात चन्द्रमाको सतहबाट ११९ किमीमाथि उडीरहेको मुख्ययान आर्बिटरबाट चन्द्रमामा  ल्याण्ड गर्ने अर्को यान 'ल्याण्डर विक्रम'लाई अलग  गरेकाे छ । इसरोले यो काम पूरा  गर्नसाथ इसरो विश्वकै पाँचौ यस्तो अंतरिक्ष एजेन्सी बन्न पुगेको छ, जसले पृथ्वीबाट लाखौं किमि टाढा उडीरहेको यानलाई पृथ्वीबाट ''कमाण्ड'' पठाएर 'इन्टिग्रेटेड' रहेका यानलाई बेग्लाबेग्लै बनाउने सफलता पाएको  छ । यसभन्दा पहिला रुस, अमेरिका, चीन, र इजरायलका अंतरिक्ष एजेन्सीलाई मात्रै यो श्रेय प्राप्त थियो ।  इजरायलले यसै वर्षको प्रारम्भमा यो उपलब्धि प्राप्त गरेको थियो । तर  चन्द्रमामा ल्यान्डिंग गर्ने बेलामा उस्ले पठाएको यान चन्द्रसतहमा ठोकिएर अभियान सफल हुनसकेको थिएन।  चंद्र सतहमा ओर्लिने श्रेय इजरायलले पाएंन  तर चंद्र ऑर्बिटमा यान 'अनडक' गराउने पंक्तिमा इजरायलको स्पेस एजेंसीले  चौथो नंबर हासिल गर्यो ।  भारतको इसरोले यस पंक्ति पांचौ स्थान हासिल गरेको छ। इसरो संग चन्द्रमामा 'सॉफ्ट ल्यान्डिंग' गरी  चन्द्रमामा पुग्ने चौथो एजेंसी  बनने अवसर रहेको छ।

इसरोले आफ्नो ट्विटर हैंडलबाट दिएको जानकारीअनुसार   २ सेप्टेम्बर सोमवारका दिन दिउँसो १३ बजेर १५ मिनेटमा चन्द्रमाको ११९ * १२७ किमि तल्लो आर्बिटमा उडीरहेको मुख्ययान आर्बिटरबाट  ल्याण्डर विक्रमलाई बेग्लै गरिएको हो ।

ल्याण्डर विक्रमले आर्बिटरबाट बेग्लै भएर ऑर्बिटरको पछि पछि चन्द्र परिक्रमा गरिरहेको छ  ।  इसरोका अनुसार ल्याण्डरले २ किमी प्रति सेकेण्डको गतिले चंद्र परिक्रमा गरीरहेको छ ।

आजदेखि बेग्ला बेग्लै  भएका दुबै यानको नियन्त्रण बंगलुरुस्थित ‘मिसन अपरेसन कम्प्लेक्स’ मा रहेको ‘इसरो टेलिमेट्री ट्रेकिंग एण्ड कमाण्ड नेटवर्क’ र ‘इंडियन डीप स्पेस नेटवर्क'ले संयुक्तरुपमा गरिरहेका छन् ।
इसरोका अनुसार दुबै यानको अवस्था दुरुस्त छ ।


आर्बिटर अब यसै आर्बिटमा अर्को एकवर्षसम्म परिक्रमा गरिरहनेछ ।  इसरोले  आज (३ सेप्टेम्बरका दिन) ल्याण्डर विक्रमलाई भने झन तल्लो  चंद्र आर्बिट १०९ * १२० किमिमा स्थापित गर्नेछ । यस क्रममा ४ सेप्टेम्बरका दिन  ल्याण्डरलाई ३६ * ११० किमिको ऑर्बिटमा  पुर्याइनेछ । ल्याण्डर विक्रम  ५ र ६ सेप्टेम्बरमा यसै आर्बिट, ३६* ११० मा रहेर  चन्द्र परिक्रमा गरिरहनेछ । ल्याण्डर को चन्द्रअवतरण गराउने प्रक्रिया ७ सेप्टेम्बरको दिन प्रारम्भ हुनसाथ ( ६ सेप्टेम्बरको राति १२ बजे पछि ) गरिने छ । यस क्रममा ल्याण्डरको इंजन प्रज्वलित गरी यसलाई अति धीमा गतिले  चन्द्रमामा ल्याण्ड गराइने छ ।  अंतिमको  समयमा  ल्याण्डरको गति  २ मीटर प्रति सेकण्ड अर्थात झन्डै ७ किमी प्रति घंटामा सिमित राखिने छ । ३६ किमी माथिबाट  चन्द्रमामा  ओर्लिने क्रममा ल्याण्डरलाइ पहिला २०० मीटर प्रति सेकेण्ड  अर्थात १२ किमी  प्रति मिनटको  गतिले  २९ किमी तलसम्म लगिने छ। ल्याण्डरलाइ २९ किमी तल पुग्न झन्डै १४५ सेकेण्डको समय लाग्ने छ ।  चंद्रसतहको दुरी ६ किमी बांकी रहदा यानको गति  अझै १०० गुना कम गरी  २ मीटर प्रति सेकेण्डमा झारिने छ।  भनौ ६ किमीको उचाईबाट चन्द्रमामा ओर्लिन  ल्याण्डरलाइ झन्डै ३००० सेकेण्ड अर्थात ५० मिनेटको समय लाग्ने छ ।  यस ५० मिनट मध्ये अंतिमका ५ मिनट अति महत्वपूर्ण हुनेछन् । चन्द्रमामा गरिने 'सॉफ्ट ल्यान्डिंग' का लागि अंतिमका ५ मिनट सांस रोकिने समय हुन्छ ।

इसरोले दुबै यानलाई 'सेप्रेट' गरेर अभियान को एउटा ठूलो खुड़कीलो पार गरेको छ । इसरोको  चुनौती अझै सकिएको छैन । चंद्र यान-२ को सबैभन्दा ठूलो चुनौती  ल्याण्डरलाई सकुशल चन्द्रमामा ल्याण्ड गराउनु हो ।

इसरोले  आज (३ सेप्टेम्बरमा)  बिहान ९ देखि १० बजेको बीचमा ल्याण्डरको इंजन प्रज्वलित गरी यसलाई १०९x१२० किमीको चंद्र ऑर्बिटमा स्थापित गर्ने कार्यक्रम राखेको छ । ल्याण्डरलाइ तलको ऑर्बिटमा स्थापित गरेर इसरोले यसको परिक्रमा गर्ने दिशा पनि उल्टो बनाउछ।  यसो गर्नुको मूल कारण इसरोले ल्याण्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्ड गराउनु पर्ने भएकोले हो ।

तस्विर: इन्टरनेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप