विदेशी लगानी साढे २५ प्रतिशतले घट्यो
मङ्गलबार, १७ भदौ २०७६, ०७ : ०१
गत वर्ष मलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबरका प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रियो । यो गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७४-७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षको बाह्रै महिना विदेशी लगानी घट्यो । विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत व्यावहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको हो । त्यो त गत वर्ष सरकारले लगानी सम्मेलन पनि गरेको छ । सम्मेलनमा विभिन्न राष्ट्रका चार दर्जन बढी लगानीकर्ताको सहभागीता थियो ।
सम्मेलनमार्फत कारिब ३० खर्ब रुपैँया विदेशी लगानी भित्राउने महत्वाकांक्षी लक्ष्य सरकारले राखेको छ । यथार्थमा मुलुक भित्रिएको विदेशी लगानी घटेको छ । यो समाचार कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए