बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको चन्द्रयान २ अभियान: त्यो १५ मिनेट भारतीय वैज्ञानिकहरुका लागि निकै तनावपूर्ण हुँदैछ

मङ्गलबार, १७ भदौ २०७६, ०० : १०
मङ्गलबार, १७ भदौ २०७६

एजेन्सी- भारतले सुरु गरेको चन्द्रयान २ अभियान अन्तर्गत सोमबार विक्रम लाण्डर सफलतापूर्वक कक्षबाट अलग भएको छ । योसँगै भारत अब चन्द्रमामा सफलतापूर्वक यान प्रक्षेपन गर्ने राष्टहरुको सूचीमा दर्ज भएको छ । यद्यपि, भारतले पठाएको उक्त यान ७ सेप्टेम्बरमा मात्र चन्द्र सतहमा अवतरण हुनेछ । अहिले भने यान चन्द्रमाको आफ्नो स्पेसभित्र प्रवेश गर्न सफल भएको छ । कक्षबाट अलग भएपछि विक्रम ल्यान्डरले अब करिब २० घण्टासम्म अर्बिटरलाई २ सेमि प्रति सेकेन्डको गतिमा पछ्याउँदैछ । विश्वले अहिले यो अभियानलाई निकै चासोका साथ हेरिरहेको छ र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकको लागि ठूलो सफलता प्राप्त गरेको ठहर गरेको छ ।

(प्रज्ञान रोवर्ट) विक्रम ल्यान्डरलाई चन्द्रमा सहजै अवतरण गर्नु उसको लागि सबैभन्दा ठूलो चुनौती हुनसक्ने अनुमान गरिँदैछ । विक्रम ल्यान्डर जुन सफलतापूर्वक सोमबारबाट चन्द्रयानबाट अलग भएको छ, त्यसको नाम इसरोका संस्थापक र भारतीय अन्तरिक्ष कार्यक्रमका संस्थापक जनक विक्रम साराभाईको नामबाट राखिएको हो । यसको प्रारम्भिक डिजाइन इसरोको अन्तरिक्ष अनुप्रयोग केन्द्र अहमदाबादले  निर्माण गरेको हो।
पछि यो बेंगलुरुको यूआरएससी द्वारा विकसित गरिएको हो। 

यो निर्माण गनुअघि भारतले चन्द्रयान मिसनका लागि रसियासँग एउटा भरपर्दो र शक्तिशाली ल्यान्डर मागेको थियो । तर रुसले दिन अस्वीकार गर्‍यो । रुसको यो स्वीकृतिनै भारतका लागि आजको सफलताका लागि मार्गदर्शन बन्न पुग्यो । रुसले दिन अस्वीकार गरेपछि भारतीय वैज्ञानिकहरूले चन्द्रमामा जसरी पनि अवतरण गर्ने सपना बुन्न थाले र अथक परिश्रम गरेर एक आदिवासी ल्यान्डरको विकास गरे, जसको नाम विक्रम राखियो।

चुनौतीपूर्ण छ अझै मिसन
७ सेप्टेम्बर को दिन चन्द्रयान मिशन २ को लागी सबैभन्दा चुनौतीपूर्ण हुनेछ किनकि त्यही दिन चन्द्रमामा विक्रम ल्यान्डर अवतरण गर्नेछ। ६ र ७ सेप्टेम्बरको मध्यरातमा विक्रम ल्यान्डर १:३० देखि १ः४० सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । त्यसेबला यसको गति २०० मिटर प्रतिसेकेन्ड हुनेछ। यो बेला इसरोका वैज्ञानिकहरूका लागि धेरै चुनौतीपूर्ण कार्य हुनेछ। सोही रात १:५५ बजे विक्रम ल्याण्डर दक्षिण ध्रुवमा दुई क्रेटर मन्जिनस-सी र सिम्पेलियस-एन बीच मैदानमा उत्रिनेछ। 

करिव ६ किमीको उचाईबाट ल्यान्डर चन्द्र सतहमा २ सेमी प्रतिसेकेन्डको गतिमा अवतरण गर्दछ। त्यो बेला १५ मिनेट धेरै तनावपूर्ण हुनेछ । त्यसपछि अवतरण गरेको २ घण्टापछि रातको ३ बजेर ५५ मिनेटमा विक्रम ल्यान्डरको र्याम्प खुल्नेछ भने लगत्तै प्राज्ञन रोबर्ट चन्द्रमाको सतहमा उत्रिनेछ । प्रज्ञान रोबर्टको सौर्य प्यानल बिहान ५ बजेर ५ मिनेटमा बजे खुल्नेछ । यो सोलार प्यानलमार्फत त्यसले उर्जा प्राप्त गर्दछ । यसपछि प्रज्ञान रोबर्ट बिहान ५ बजेर १० मिनेटमा चन्द्र सतहमा हिंड्न थाल्छ ।

त्यसले १ सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा चन्द्रमामा १४ दिनको यात्रा तय गर्नेछ । यस समयमा उसले ५०० मिटरको दूरी पार गर्नेछ । यो सँगै त्यहा भएको उपलव्धी इसरोका वैज्ञानिकहरुले रेकर्ड गरिरहेका हुन्छन् । अहिले इसरोको यो विशाल अभियानलाई नासा लगायतका वैज्ञानिक संस्थाहरुले समेत नजिकबाट हेरिरहेका छन् । photo: ajtak
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप