मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद बैठक : बाढीका कारण मृत्यु भएका परिवारलाई दुई लाख राहतको घोषणा

आइतबार, २९ साउन २०७४, २२ : ०८
आइतबार, २९ साउन २०७४

काठमाडौँ । सरकारले लगातारको वर्षापछि तराईका विभिन्न जिल्लामा आएको बाढीका कारण मृत्यु भएका परिवारलाई जनही २ लाख राहत रकम दिने निर्णय गरेको छ । 

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले बाढी र पहिरोबाट विस्थापित भएकाहरुलाई राहत वितरणमा ढिलाई नगर्न निर्देशन दिँदै बाढी र पहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई जनही २ लाख दिने निर्णय गरेको छ । सरकारले गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, सुरक्षा संयन्त्रलाई राहत र उद्धार कार्यमा खटिन निर्देशन दिदै राहत रकम तत्काल वितरण गर्ने निर्णय गरेको हो । 

त्यसैगरि बैठकले बाढी र पहिरोपीडित परिवारहरुलाई उचित वासस्थानको व्यवस्था दगर्न युद्धस्तरमा लाग्न सबै निकायलाई निर्देशन समेत दिएको छ । त्यसैगरि विभिन्न जिल्लामा आएको बाढी र त्यसले पु¥याएको क्षतिका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले स्थलगत भ्रमण गर्ने समेत सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसैगरि बैठकले हालको विपत्तिलाई सबै संयन्त्रहरु मिलेर लाग्न र आउँदा दिनमा हुन सक्ने दैवी प्रकोपका घटनाका लागि मध्यकालिन र दिर्घकालिन योजनाहरु बनाइने समेत निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप