स्वास्थराज्यमन्त्री यादवद्वारा शुक्रराज ट्रपिकल अस्पतालको निरीक्षण
सोमबार, १६ भदौ २०७६, १९ : २४
काठमाडौं– स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले शुक्रराज ट्रपिकल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री यादवले सोमबार अस्पतालको इमर्जेन्सीदेखि सबै वार्डहरुको निरीक्षण गरि डेगु लगायत अन्य रोगका बिरामीहरुको स्वास्थ स्थितिबारे जानकारी लिएका हुन् ।
अस्पतालको निरिक्षण गर्दै मन्त्री यादवले अस्पतालका निर्देशक, स्वास्थ सेवा विभागका डिजि,रोग नियन्त्रण माहशखा,व्यवस्थापन माहशाखा, चिकित्सा माहाशाखा, प्रयोगशाला माह्शाखा,लगायत सम्बन्धित सम्पुर्ण माहशाखा प्रमुखहरुलाई डेगुको उपचारको लागि निशुल्क रुपमा आवश्यक प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन्।
त्यस्तै मन्त्री यादवले डेगुको बिरामी शुक्रराज ट्रपिकल आएपसछ अन्यन्त्र जानू नपर्नेगरि आवश्यक सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिएका छन् ।