बहामासमा इतिहासकै सबैभन्दा शक्तिशाली समुद्री आँधी
एजेन्सी– क्यारिबियन टापू बहामासले शक्तिशाली आँधी भोगेको छ । उक्त आँधीलाई बहामासको इतिहासको सबैभन्दा ठूलो आँधी बताइएको छ । २८५ किमी प्रति घण्टासम्मको तीव्रता पुगेको डोरियन आँधी आन्द्र महासागरमा आएका आँधीको मापन राख्न थाले यताको दोस्रो सबैभन्दा तीव्र आँधी हो ।
आँधी विस्तारै पश्चिमतर्फ अघि बढिरहेको छ र यो आँधी अमेरिकी राज्य फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिनालाई असर गर्नेछ । अमेरिकी सरकारले आफ्नो देशका ती राज्यमा संकटकाल घोाणा गरिसकेको छ ।
नेसनल हरिकेन सेन्टरले जीएमटी समयअनुसार बिहान ३ बजे डोरियन ग्य्राण्ड बहामाको पूर्वी किनारमा देखिएको थियो । त्यसअघि नै आँधी अबाको टापूभित्र पसिसकेको थियो । दुवै टापूहरु बहामास टापू श्रृङ्खलाको उत्तरतर्फ पर्छ । ग्य्राण्ड बहामा अमेरिकाको फ्लोरिडाको समून्द्री किनाराबाट जम्मा सय किमी टाढा पर्छ ।
आँधी प्रभावित बहामास टापूमा बिजुली पनि नरहेको र सिमित इन्टरनेट पहुँचको कारण त्यति धेरै सूचना बाहिर आएको छैन । आँधीको समयमा पानी ७ मिटरसम्म माथि उचालिएकाले अबाको टापू पानीमा डुबेको थियो । आँधीले कयैन घरको छानो उडाएको थियो । सरकारले आँधीका कारण घर गुमाएकाहरुको बसोबासका लागि १४ आश्रय स्थल बनाएको छ भने दजनौं चर्च, विद्यालय र अन्य भवनलाइ आपतकालिन आवासको रुपमा सूचिकृत गरेको छ । यी स्थान मानिस आएर भरिएकाले मानिसमा सरकारले खाना र पानीको व्यवस्था गर्न नसक्ने स्थानमा बास बस्नुपर्ने हो कि भनेर चिन्ता बढ्न थालेको छ ।
बहामासले गरेको आँधीको तयारी
बहामास समुन्द्री आँधीको चपेटामा परिरहने देश भएकाले त्यहाँ घर बनाउँदा ‘क्याटोगोरी फोर’ सम्मको आँधी धान्न सक्ने घर बनाउनुपर्छ । त्यसबाहेक पनि आँधीको बाटोमा पर्ने पूर्वानुमान गरिएकाले ग्य्राण्ड बहामा र अबाको टपूका मानिसलाई सुरक्षित ठाउँमा जान निर्देशन दिइएको थियो । त्यस्तै त्यहाँ पुगेका सबै पर्यटकलाई पनि अन्यत्र जान आग्रह गरिएको थियो । तर धेरै मानिस सुरक्षित स्थानमा गएनन् । यसप्रति अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार पत्रकार सम्मेलनमा बहामासका प्रधानमन्त्री हुबर्ड म्याटिस स्पष्ट रुपमा चिन्तित देखिन्थे । उनले सो क्रममा भने, ‘सम्भवत यो मेरो जीवनको सबैभन्दा दुःखदायी र खराब दियो हो । हामीले बहामासको इतिहासमा कहिले नदेखेको हरिकेन(चक्रवात) सामना गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुंग्यो, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने