शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विज्ञानलाई विद्यालय तहदेखि जोडिने

सोमबार, १६ भदौ २०७६, १४ : ४२
सोमबार, १६ भदौ २०७६

काठमाडौं– विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो ।

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित ४३ सदस्यीय मूल समारोह समितिको पहिलो बैठकले विज्ञानका क्षेत्रमा कार्यरत् निजी क्षेत्रको समेत दिवसमा प्रतिनिधित्व गराइ प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप