‘गुञ्जन’ बन्दै सारा
काठमाडौं –निखिल उप्रेती अभिनित फिल्म ‘रुन्द्र’बाट अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री सारा सिर्पालीले । अभिनयको पहिलो फिल्म ‘रुन्द्र’ले राम्रो ब्यवसाय गर्न नसके पनि अभिनयबाट भने उनले मनग्य तारिफ पाइन् ।
त्यसपछि उनले अभिनय गरेको फिल्म हो ‘सुश्री सम्पती’ । यो फिल्मले न त ब्यवसाय गर्यो । न त उनको अभिनय दर्शकले नै मनपराए । त्यसपछि उनको पिःलम बाहिर आएको छैन ।
करिब दुई बर्ष अगाडि प्रदर्शित फिल्म ‘सुश्री सम्पती’ छि फिल्ममा नदेखिएकी सारा अहिले भने ‘गुञ्जन’ बन्ने भएकी छन् । उनले फिल्म ‘गुञ्जन’मा शिर्ष पात्रा गुञ्जनको भुमिका निर्बाह गर्न लागेकी हुन् ।
बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनको निर्देशन रहेने यो फिल्मको गत मंगलबार देखि पोखराबाट सुटिङ सुरु भएको छ । विसुद्ध प्रेमकथामा बन्न लागेको फिल्मले बिगतका फिल्मबाट आफुमा लागेको असफलताको ट्याग मेट्ने साराले बताइन् ।
फिल्म उनको जोडी प्रितमराज सेन्चुरी बन्दैछन् । प्रितमराज यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । प्रितमराज र साराको अलपा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्म ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार