शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राम्रो काम गरौँ बरी लै

सोमबार, १६ भदौ २०७६, १२ : ३६
सोमबार, १६ भदौ २०७६

-निरा पराजुली

यो धर्तीमा जन्म लियौ, यै धर्तीमै जान्छौँ बरी लै
केही जान्न हाम्रो साथमा, पाप पुन्य लान्छौ बरी लै ।

जन्मलिँदा हुन्छौ होला, दुई केजीको जत्रो बरी  लै
मरेपछि त्यति हुन्छ, खरानीको थुप्रो बरी लै ।

बाँचुन्जेल माटो माथि, मरे माटोमुनि बरी लै
सबैलाई राम्रो गरौँ, पूरा हुन्छ कर्म बरी लै ।

सबैलाई राम्रो गरौँ एक बारको जुनी बरी लै 
कसैको नि नदुखाउनी मन, हुन्छ हाम्लाई धर्म बरीलै ।

यही हुन्न कस्तो आउँछ, भोलि त्यो दिन बरी लै 
सकेसम्म राम्रो गरौँ, नराम्रो त किन ? बरी लै ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप