बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१२ बर्षदेखि फरार अभियुक्त बारा प्रहरीद्वारा पक्राउ

सोमबार, १६ भदौ २०७६, ०९ : ३९
सोमबार, १६ भदौ २०७६

बारा । जिल्ला प्रहरी कार्यालय बाराले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना अभियुक्तलाई १२ बर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराले २०६४ साल बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा कसुर ठहर गरी  ६ महिना कैदको फैसला गरेपछि फरार सुवर्णपुर गाँउपालिका– १  बस्ने शम्भु सहनीलाई प्रहरीले  पक्राउ गरेको हो ।

फरार रहेका सहनीलाई २०७६ साल भदौ १३ गते लुकीछिपी बसेको अवस्थामा गाँउबाटै पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरले जानकारी दिए ।  

पक्राउ परेका सहनीलाई कैद भुक्तानीका लागि आइतबार वीरगञ्ज करागार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप