काठमाडौँमा अनुराधा पौडवाल साँझ
आइतबार, १५ भदौ २०७६, ०८ : ५५
काठमाडौं । भारतकी प्रख्यात गायिका अनुराधा पौडवाल नेपाल आएकी छन् ।
नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रसंशा संरक्षण समूहले उनलाई नेपालमा ल्याएको हो ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान आयोजित कार्यक्रममा भारतको पद्म श्री पुरस्कारबाट सम्मानित गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए ।
पौडवालले करिब दुईघण्टा आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु प्रस्तुत गरेकी थिइन् ।
बरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाको पहलमा पौडवाललाई काठमाडौँ ल्याइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा