केन्द्रीय संस्करण
मेरा जीवन

पूर्वआयुक्त रामदयाल राकेशको जीवन : ‘पद्मकन्यामा पढाएको मानिस म तर कसैसँग प्रेम भएन’

person explore access_timeभदौ १४, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

सन् १९४२ मा सर्लाहीमा जन्मिएका हुन् रामदयाल राकेश । शिक्षण पेशादेखि मानव अधिकार आयोगको सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत भएका उनले दिल्ली विश्व विश्व विद्यालयबाट पीएचडी गरेका छन् ।

नेपाल तथा मैथिली साहित्यमा राम्रो दख्खल राखेका राकेशका ३३ पुस्तकहरु प्रकाशनमा छन् । उनको पुस्तकमा मिथिला कला सँस्कृतिदेखि लिएर मिथिला आर्टसम्म समेटिएका छन् ।

जापानको फुकुओका एसिया प्यासिफिक अकाडकीब पुरस्कार प्राप्त गरेका राकेशले भारतको साहित्य एकाडेमीका फेलो पनि हुन् ।

हिन्दी–नेपाली समकालिन कविताको तुलनात्मक अध्ययन गरेका राकेशको हिन्दी साहित्यमा पनि राम्रो दख्खल छ । मानव अधिकार तथा साहित्यका क्षेत्रमा क्रियाशील राकेशको जीवन के हो, बुझ्ने प्रयास गरेका छौँ ।

मेरो खाना रोटी

तराईमा हुर्के बढेका मानिस उनी । त्यसैले तराईका आम मानिसको झैँ दालभात तरकारी, दही, घिउ, तरुवा र कडी उनको मनपर्ने खाना हो । उनी बिहान यी खाना सधैँ नियमित खाने गर्छन् । तर साँझ भने उनी रोटी रुचाउँछन् ।

उनी भेजिटेरियन भएको २५ वर्ष भयो । अहिले उनलाई थाइराइड रोगले सताएको छ । यो रोग पहिले उनकी श्रीमतीलाई भएको थियो । डा. देवेन्द्रराज पाण्डेले साकाहारी हुँदाका बेफाइदा र त्यसबाट लाग्ने रोगको विषयमा केही पहिले बताएका थिए । सो क्रममा उनले साकाहारीलाई बिट वर्ग र मेगा थ्रीको समस्या हुने थाहा पाए । त्यसपछि उनले मासु पनि खान थाले ।

धेरै पहिले उनी अमेरिका पुगेका थिए । तीन महिनाको बसाइमा उनले आफै पकाएर खान्थे । अहिले भने उनको पकाउने बानी हटेको छ । त्यसैले अहिले उनी चिया, कफी त बनाउन सक्छन् । तर अन्य खानेकुरा पकाउन आउँदैन । पकाउनतिर आफ्नो रुचि कहिल्यै नभएको उनले सुनाए ।

पहिरनमा खर्च २, ४ हजार

उनी पहिले धेरैजसो सफारी सुटसेट लगाउने गर्थे । यस विषयमा मिडियाका समाचार पनि बनेका छन् । तर अहिले भने उनी सर्ट, पाइट, ज्याकेट जे पनि लगाउँछन् ।

पहिरनमा उनको मनपर्ने कलर सेतो र निलो हो । एक ज्योतिषीले उनलाई २० वर्ष अगाडि निलो लगाउन सुझाएका थिए । त्यसयता उनी धेरैजसो निलो सफारी सुट लगाउँछन् ।

उनलाई भड्किलो पहिरन मनपर्दैन । उनको शरीरका कारण रेडिमेट पहिरन केही पनि फिट हँुदैन । त्यसैले उनी धेरैजसो पहिरन सिलाएर लगाउँछन् ।

उनको परिवारका केही सदस्य विदेशमा छन् । ‘परिवारका सदस्यले गिफ्ट जे दिन्छन् त्यो लगाउँछु’ उनले भने, ‘धेरै समय भयो आफ्नो च्वाइसको पहिरन किन्न पाएको छैन ।’

विदेश भ्रमणको समय मनपर्ने पहिरन भटेँ भने २, ४ हजारको पहिरनमा खर्च गर्ने गरेका छन् ।

फिटनेसका लागि नियमित मर्निङवाक

उनी फिट्नेसका लागि बिहान नियमित मर्निङवाक गर्छन् । त्यसपछि घरमा लाइट एक्सरसाइज गर्ने उनको बानी छ । स्वस्थ्य रहनका लागि एक्सरसाइज नियमित गर्नुपर्ने बाध्यता भएको उनको बुझाइ हो ।

जीवन अध्ययनमै बित्यो

उनको जीवन अध्ययनमै बितेको छ । अध्ययन गर्ने र लेख्ने उनको मुख्य काम । आफूलाई अपडेट राख्न उनी बिहान नियमित २ घन्टा अङ्ग्रेजी र नेपाली समाचारपत्र पढ्छन् ।

हिन्दी तथा नेपाली समसामयिक कविता तुलनात्मक अध्ययन विषयमा उनले पिएचडी गरेका हुन् । त्यसैले उनी धेरैजसो कविता पढ्छन् ।

तर केही समय भयो । उनलाई लोक संस्कृतिसम्बन्धी किताब मनपर्न थालेको छ । त्यसैले उनी अचले यस्ता विषयका किताब खोजी खोजी पढ्ने गरेका छन् ।

त्यसको अलवा जीवनी र यात्रा साहित्यमा पनि उनको रुचि छ । उनी अहिले डा. अरुण सायमिको जीवनी पुस्तक पढिरहेका छन् ।   

*****

भूल मानिसको जीवनको महत्त्वपूर्ण पाटो हो । जीवनमा जानी नजानी भूल त हुने गर्छन् । उनी मानिसले चाहेरभन्दा पनि परिस्थितिले भूल गराउने बताउँछन् । उनको जीवनमा पनि केही त्यस्ता भूल भएका छन् । जुन भूलको उनलाई अहिले पनि पछुतो छ । आफूलाई पछुतो भएको भूल अहिले खोल्न नमिल्ने उनले बताए । भने ‘एक गल्तीले त मेरो जीवन अन्तव्यस्त भयो ।’

*****

घुमघाम धेरै मनपर्छ

घुमघाममा पनि उनको अर्काे रुचिको विषय हो । काठमाडौँ एक दुई महिना नियमित बस्नुपर्यो भने उनी घुम्नका लागि भ्याली बाहिर निस्किहाल्छन् । नगए कहिले जाऊँ कहिले जाऊँ हुन्छ रे । त्यसैले उनी देशको विभिन्न भागमा पुग्ने गरेका छन् ।

परिवारसँग पनि घुम्न रुचाउँछन् उनी । विदेश जाँदा पनि उनी सकेसम्म श्रीमती लैजाने गरेका छन् ।

परिवारलाई अमेरिका, इङ्ल्यान्ड घुमाउन नसके पनि एसियाका धेरै देश घुमाएका छन् । देशको एक चौथाइ जिल्ला पुगेका उनी विदेशका भने १५, १६ राष्ट्र टेकेको सुनाए ।

फुर्सद कहिल्यै छैन

उनी फुर्सद नभएको व्यक्ति रे । फुर्सद कहिल्यै पनि छैन उनी भन्ने गर्छन् । एक मिनेट पनि खाली बस्न मन नपर्ने भएकाले उनी जहिले पनि बिजी हुने गरेका छन् । ‘राति सुत्ने बेलामा मात्र फुर्सद हुन्छ । पढ्ने र लेख्ने धेरै भएकाले सधैँ बेफुर्सदी म’ उनले भन्ने गरेका छन् ।

खेलकुदमा रुचि पटक्कै छैन

खेलकुदतिर उनको रुचि पटक्कै छैन । टिभीमा समाचार हेर्दा पनि खेल समाचार आयो भने उनी च्यानल चेन्ज गरिहाल्छन् । विद्यार्थी जीवनमा उनी ब्याडमिन्टिन, भलिबल खेल्थे । अहिले भने केही मन पर्दैन उनलाई ।

एउटा मोबाइल

अहिले उनीसँग सामसुम ब्रान्डको एउटा स्मार्ट मोबाइल छ । मोबाइलमा फोन गर्नको अलवा उनी इमेल, फेसबुक, भाइबर, म्यासेन्जरसमेत चलाउने गर्छन् । उनी मोबाइलमा खासै शौखिन पनि छैनन् । हरायो, बिग्रियो जस्ता बाध्यता भयो भने मात्र उनले मोबाइल फेर्ने हुन् ।

टीभी अहिले हेर्दैनन्

उनी बेलुका नियमित टीभी हेर्ने गर्छन् । उनले टीभीमा हेर्न भनेको समाचार हो । समाचारका लागि उनी नेपालीको अलवा बीबीसी, सीएनएन लगायत धेरै च्यानल चेन्ज गरी गरी हेन रुचाउँछन् । उनी पहिला पहिला टीभीमा हिन्दी सिरियल, पाकिस्तानी सिरियल पनि हेर्थे । अहिले हेर्दैन् । उनको घरमा २९ इन्चको टीभी छ ।

कहिलेकाहीँ चलचित्र

कहिले काहीँ चलचित्र हेर्छन् उनी । पहिले पहिले हलमा गएर उनले धेरै चलचित्र हरे । उनले हलमा गएर फिल्म नहेरेको अहिले २० वर्ष भयो रे । उनी हिन्दी फिल्म बढी हेर्छन् । यो फिल्मको बानी उनलाई पहिलेदेखि नै परेको हो । हिन्दी फिल्मका गीत पनि उनलाई मनपर्छ ।

केही रोग

रोग नभएका मानिस सायदै होलान् । उनी पनि त्यसै भन्छन् । उनलाई पनि केही रोग छन् । छारे रोग, थाइराइड र प्रोस्टेटको पनि समस्या छ । विगत एक, दुई महिनायता उनी एलर्जी कफको पीडित छन् । यो रोगका लागि उनी नियमित औषधि लिँदैछन् ।

*****

जोसँग पनि सजिलै घुलमिल गर्न सक्ने उनको बानी छ । त्यसैले उनले प्रेम विवाह गरे होलान् भन्ने सोच जोकेहीको पनि हुनसक्छ । तर प्रेम गर्ने फुर्सद आफूले नपाएको उनले बताए ।

****

मापसे गर्छु

अचेल मापसे प्रायः मानिसले गर्ने गरेका छन् । उनको पनि कहिलेकाहीँ मापसे गर्ने बानी छ । वाइन र ह्विस्की उनले खाने रक्सीका ब्रान्ड हुन् । रक्सी घरमा सजाएर राख्ने बानी उनको कहिल्यै बसेन ।

रोमान्टिक गीत सुन्छु

गीतसङ्गीतमा पनि रमाउने मानिस हुन् उनी । उनलाई हिन्दी फिल्मको गीत पनि मनपर्छ । त्यसको अलवा भक्तिसम्बन्धी र रोमान्टिक गीत हिन्दी र नेपाली नियमित सुन्ने गर्छन् ।

मैथली र भोजपुरी गीतमा पनि उनको रुचि छ । लोक गीत उनको अध्यायनको विषय पनि हो । त्यसैले उनी यो पनि सुन्छन् । विद्यार्थी जीवनमा गायन प्रयास गरेका थिए । सफल हुन सकेनन् ।

परिवारले माया मारे

उनको मुख्य पेसा प्राध्यापन हो । प्राइमरी स्कुलदेखि युनिभर्सिटीसम्म अध्यापन गराएको अनुभव छ उनीसँग । त्यस्तै सन् १९६३ मा उनले बीए पास गरेका थिए । सोही समयदेखि उनी अध्यापन पेसामा नियमित रहँदै आएका छन् ।

एक समय उनी आफ्नै जिल्लामा रहेको हाइस्कुलको हेडमास्टर पनि भएका थिए । ३३ वर्ष कलेज पढाएको उनले सम्झना गरे । उनले ७, ८ वर्ष प्रशासनमा पनि काम गरे । उनी हरेक क्षेत्रको अनुभव बटुल्न चाहने मानिस पनि हुन् । त्यसैले उनले समय समयमा आफूलाई विभिन्न पेसामा क्रियाशील राख्दै आएका छन् ।

जीवन यात्राको लामो समय उनले तीतामीठा थुप्रै अनुभव सँगालेका छन् । यो क्रममा भुल्न नसकेका, नचाहेका घटना पनि कति कति । सानोबेलाको एक घटना उनले अहिले पनि भुल्न सकेका छैनन् ।

‘सानोमा म एक पटक फेन्ट भएको थिए । परिवारले मरिसक्यो भनेर घरभित्रबाट बाहिर निकालेर सुताए’ उनले ती दिन सम्झिए ‘कोही बाँस काट्न गएका थिए । तर बाँस काटेर ल्याउँदा मेरो होस् फिरिसकेको थियो ।’ त्यतिबेला उनी दस वर्षको भएको सुनाए ।

त्यति मात्र कहाँ हो र ? उनी कीर्तिपुर पढाउन जाँदा बसको यात्रा गर्थे । सो समय पनि बसभित्र ढलेका थिए । बसका यात्रुले हेल्थ सेन्टर लगिदिएकाले उनी बाँचे । सो समय उनले डाक्टरलाई पनि सोधेका थिए । तर  बेलाबेला फेन्ट हुनुको विषयमा डाक्टरले पनि कारण बताउन नसकेको उनले खुलाए ।

प्रेम भएन

जोसँग पनि सजिलै घुलमिल गर्न सक्ने उनको बानी छ । त्यसैले उनले प्रेम विवाह गरे होलान् भन्ने सोच जोकेहीको पनि हुनसक्छ । तर प्रेम गर्ने फुर्सद आफूले नपाएको उनले बताए ।

‘सानैमा ७ कक्षामा पढ्दा मेरो विवाह भयो’ उनले उक्त समयको कुरा खोले, ‘सो समय गाउँघरमा प्रेममा बन्देज थियो ।’ सानैमा विवाह भएकाले पनि उनले प्रेम गर्ने अवसर पाएन् । उनले थपे ‘पद्मकन्या कलेजमा पढाएको मानिस म । तर कसैसँग प्रेम भएन ।’ उनलाई एक दुई जनाले फोन गरेर प्रेम प्रस्ताव राखेका थिए । उनले त्यो व्यक्तिको भनेर चिन्न सकेनन् ।

मेरा सपना छन्

हरेक मानिसका आआफ्नो सपना हुन्छन् । उनका पनि केही सपना छन् । तर उनी सपना खोल्नभन्दा पनि भाग्यतिर लागे । ‘म भाग्यवादी मानिस हुँ’ उनले भने, ‘भाग्यमा जे छ, त्यही हुन्छ ।’

विद्यार्थी जीवनमा उनको प्रोफेसर हुने सपना थियो । त्यो पूरा भयो । त्यसपछि उनको सपना राज्यको उच्च पदमा जाने थियो । राष्ट्रिय मानव अधिकार आयोगको आयुक्त भएपछि त्यो पनि पूरा भयो ।

उनले सो संस्थाबाट धेरै कामका सपना देखेका थिए । तर करिब डेढ वर्षमै उक्त संस्था छोड्नु परेका कारण अधुरो रह्यो । राज्यको महत्त्वपूर्ण स्थानमा रहेर चुनौतीपूर्ण काम गर्ने उनको अहिले फेरि सपना छ ।

चिना छैन

आफ्नो राशि थाहा नहुने मानिस सायदै होलान् । तीमध्येका एक हुन् उनी । चिना नभएकाले पनि उनले राशि थाहा नपाएका हुन् । बोलाउने नामबाट उनी आफ्नो तुला राशि भएको बताउँछन् ।

ग्रहदशामा विश्वास मान्ने उनले आफ्नो विषयमा चिना नभएकाले अहिलेसम्म हेराउन भने पाएका छैनन् ।

भूल महत्त्वपूर्ण पाटो

भूल मानिसको जीवनको महत्त्वपूर्ण पाटो हो । जीवनमा जानी नजानी भूल त हुने गर्छन् । उनी मानिसले चाहेरभन्दा पनि परिस्थितिले भूल गराउने बताउँछन् । उनको जीवनमा पनि केही त्यस्ता भूल भएका छन् । जुन भूलको उनलाई अहिले पनि पछुतो छ । आफूलाई पछुतो भएको भूल अहिले खोल्न नमिल्ने उनले बताए । भने ‘एक गल्तीले त मेरो जीवन अन्तव्यस्त भयो ।’

मृत्यु सत्य हो 

धेरै मृत्यु सत्य हो भन्छन् । उनको भनाइ पनि त्यही छ । ‘जन्म लिएपछि एक दिन मर्नुपर्छ’ उनले पनि रेडिमेड भनाइ राखे । तर मृत्युसित डराउँदैन् उनी ।

यो उमेरमा पनि उनको केही गर्ने चाहना छ । मृत्यु सहज होस्, दुःख नपाई जान पाइयोस् । मृत्युको विषयमा सबैको कामना हुने गर्दछ । तर जीवन र मृत्यु कामना गरेजस्तो नहुने उनको धारण छ । जीवनलाई बक्ररेखा मान्छन् उनी । सुखदुःखलाई त्यो रेखाको मोड । सहज मृत्यु होस्, मरेपछि पनि बाँच्न पाइयोस् भन्ने उनको चाहना छ । त्यसैले पनि आफूले ३३ कृति (किताब) ल्याएका उनले सुनाए ।


कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...