बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिसिया यमी बनिन् मोडल (भिडियोसहित)

आइतबार, २९ साउन २०७४, १७ : ५३
आइतबार, २९ साउन २०७४

काठमाडाैं– नयाँ शक्ती पार्टी नेपालकी नेतृ हिसिला यमी पनि मोडलिङमा देखिएकी छिन् । उनी तीज गीत ‘नाचौ छमछमी..’को म्युजिक भिडियो अभिनयमा देखिएकी हुन् । भिडियोमा उनले निकै रोचक तवरले कम्बर मर्काएकी छन् । 


नयाँ शक्तीकै अर्की नेतृ संगीता धमलाले गायिका पार्वती जिसीसँगको सहकार्यमा यो तिज गीत गाएकी हुन् । गीतमा शब्द संगीतको अलवा पार्वती जिसी, मंजिला शर्मा, बिमला अर्यालको रहेको छ ।


तिजको अवसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएके हो । भिडियो अभिनेत्री तथा नयाँ शक्ती पार्टीकै अर्की नेतृ करिस्मा मानन्धर पनि देखिएकी छन् । रानी श्रेष्ठ समेतको अभिनय रहेको भिडियोमा धेरै कोरस कलाकार समेत राखिएको छ । कोरस कलाकारका साथ हिसिलाको छमछमी निकै आकर्षक देखिएको छ ।


हिसिलाको कपी गर्दै चलचित्र तथा टेलिभिजनको पर्दामा नक्कली हिसिला यामी बन्दै आएकी बिपनाले छोटै समयमा राम्रो चर्चा बटुल्न सफल भएकी थिइन् । 
सक्कली हिसिला यामीकै अभिनय रहेको यो भिडियोले पनि राम्रो चर्चा पाउने अपेक्षा निर्माण युनिटले गरेको छ । 


रामजी पौडेलको संगीत, तारा थापाको सम्पादन रहेको भिडियाको निर्देशन  चलचित्रका नृत्य निर्देशक कमल राइले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप