बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अजिंगरले निल्यो बाख्रा, गाउँलेले बनाए बन्धक (भिडियोसहित)

शनिबार, ०३ असार २०७४, १६ : २७
शनिबार, ०३ असार २०७४

यदि हामीले गाउँलेले एक विशाल अजिंगरलाई बन्धक बनाएका थिए र त्यससँग जिस्किरहेका थिए भन्यौं भने सायद विश्वास गर्नुहुन्न होला । तर यस्तै भएको छ असमको बहैता चरियल गाउँमा । जहाँ गाउँलेले १५ फिटको अजिंगरलाई बन्धक बनाउनुका साथै उक्त अजिंगरलाई घाँटिमा बेरेर जिस्किरहे । कसैले त्यसको पुच्छर तानिरहेको थियो भने कोही भने खेलिरहेका थिए ।

उक्त गाउँ नजिकै एक ठूलो जंगल छ । गाउँलेले एक विशाल अजिंगरलाई जमिनमा लडिरहेको र भाग्नमा असमर्थ भइरहेको देखे । अजिंगरको पेट निकै ठूलो देखिएको थियो । अजिंगरले एक बाख्रालाई निलेको पछि थाहा भयो । त्यसपछि गाउँलेले अजिंगरलाई चारैतर्फ घेरे र त्यससँग खेल्न थाले । गाउँलेले असाहय अजिंगरको फोटो खिचेर र भिडियो पनि बनाए । पछि उक्त अजिंगरलाई वन विभागका अधिकारीले आफूसँग लिएर गए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप