शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज कुशे औँसी : यसरी सम्झिए आफ्ना पितालाई (तस्विरमा हेर्नुहोस्)

शुक्रबार, १३ भदौ २०७६, १० : १८
शुक्रबार, १३ भदौ २०७६

कृष्ण खड्का/सुवास श्रेष्ठ

भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मणि माणिक्य जस्ता सामान दिएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । भने, दिवङ्गत पिताप्रति यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान गर्ने प्रचलन रहेको छ । 
 
आजकै दिनमा घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । 

वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको छ 

भदौ कृष्ण औँसीका दिन शुक्रबार पितृ कार्य र देव कार्यमा प्रयोग हुने कुश घर डेरामा भित्र्याइँदैछ । कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै कुशको पनि उत्पत्ति गरेको हुन् भन्ने धार्मिक मान्यता छ ।

बाबु नहुने चुडाकर्म गरेका टुहुराले श्राद्ध तथा तर्पण गर्ने छोरीचेलीले प्रसाद ग्रहण गरेर बाबुप्रति श्रद्धा प्रकट गर्ने गरिन्छ । पशुपति राजराजेश्वरीमा रहेको विराटेश्वरमा यो दिन पूजा अर्चना गर्ने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप