शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेनो ब्राण्डको नयाँ गाडी ‘ट्राइबर’ को बुकिङ खुल्ला

बिहीबार, १२ भदौ २०७६, १८ : ४४
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– रेनो नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ ।

रेनो ट्राइबरको बुकिङ २७ अगष्टबाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्छन् ।

रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेन्जर हो । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिनानै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभि भएकाले थुप्रै सामानहरु सहजै अटाउछ । 

रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छ । १८२ एमएम ग्राउण्ड क्लियरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयुक्त रहेको छ । 

रियर पार्किङ क्यामेराले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टीमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ । 

त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन् जसले यसलाई उद्योगमै अनुपम बनाएको छ । रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड इजी आर एएमटीसँग जोड्न सकिन्छ । यो इन्धन निपुर्ण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ ।

रेनोका स्पीक पर्सनका अनुसार रेनोका लागि नेपाल प्रमुख बजार हो । नेपालमा विस्तार गर्न र हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । 

रेनो ट्राइबरले बी–सेगमेन्टका ग्राहकहरुको नेतृत्व गर्दै ग्राहकहरुको ठुलो संख्यालाई लक्षित गरेको छ । रेनो ट्राइबर ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै निपुण इन्जिनियरिङ क्षमता, गहन डिजाइन दक्षता, आधुनिक विशेषता, धेरै स्पेश र भर्सटाइलिटी प्रदान गर्दछ । नाडा अटो शो मा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप