मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो कन्फरेन्सबारे प्रधानमन्त्री र प्रवक्ताबीच कुरा बाझिएपछि गगन थापाको यस्तो प्रतिक्रिया

बिहीबार, १२ भदौ २०७६, १८ : ३८
बिहीबार, १२ भदौ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता गगन थापाले भिडियो कन्फरेन्सबारे सरकार पक्षको पछिल्लो धारणालनाई ‘झुट बोले कौवा काटे’को संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा भिडियो कन्फरेन्सबारे सांसदहरुले उठाएका प्रश्नमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसे दाबी गरेपछि नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।


तर सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले ९ भदौमा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषदका बैठक गरिएका आफ्नो ट्वीटर ह्याण्डले जानकारी गराएका थिए । प्रधानमन्त्रीले लेखेका थिए, ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।’

मन्त्री बास्कोटाले भने, ‘क्याविनेटको बैठक हामीले भनेका थिएनौं । मैले त्यसै दिन मिडियालाई बताएको थिएँ । सम्माननीय प्रधानमन्त्रीज्यूले सामूहिक रुपमा हेलो भन्नुभयो । हामीले नमस्कार गर्यौं । भिडियो कन्फरेन्स भएको हो,त्यहाँ कुनै एजेण्डा प्रस्तुत भएन, कुनै निर्णय भएन  भिडियो कन्फरेन्स र क्याविनेट बैठकबीच स्वभाविक रुपमा फरक हुन्छ होला नि ।’ त्यसपछि काँग्रेस नेता थापाले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई मेन्सन गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ज्यु प्रवक्ता मन्त्रीपरिषदको बैठक नै होइन भन्नु हुन्छ त । “झुट बोले कौवा काटे’’। दुईजना मा झुट्ठा चाईं को होला?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप