मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु विरुद्धको अभियानमा एकजुट हुन आव्हान

बिहीबार, १२ भदौ २०७६, १७ : ४७
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आव्हान गरको छ । बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका हुन् ।

पछिल्लो समय डेंगुको संक्रमण विस्तार हुने क्रममा रहेको र  सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिको साथै आवश्यक सतर्कता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउनेतर्फ तयारी भइरहेको बताए । उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरि मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रीत बनाउनुपर्ने बताए । तीन तहका सरकारका आ–आफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिको साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको बताए ।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वका आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । डेंगुको संक्रमण ३ देखि १० दिन सम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने ,आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरिरमा रातो रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप