बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल कार्यविधि सच्याउन सरकारलाई निधिको चेतावनी

बिहीबार, १२ भदौ २०७६, १७ : ०३
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरि कानुननै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन् । उनले अधिनायकवादी प्रवृत्तिबाट कानुन नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाइने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए ।

उनले भने, ‘कार्यपालिकाको प्रमुख बिरामी परेर विदेश जानुभयो । त्यो पनि कानुनमै संशोधन गरेर । देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विरोधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानुन परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न पाइँदैन । यो खतरनाक संकेत हो ।’

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए । उनले सरकारले नया विधेयकहरुमा पनि सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप