बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादको आधार तयार पार्न इन्चार्ज शर्माको निर्देशन

बिहीबार, १२ भदौ २०७६, १४ : ०४
बिहीबार, १२ भदौ २०७६

रुकुम (पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका जिल्ला ईन्चार्ज राजकुमार शर्माले समाजवादको आधार निर्माण गर्न उत्पादनको व्यापक विकासमा लाग्न निर्देशन दिएका छन् । 

नेकपा रुकुम पश्चिमको दोश्रो वैठकलाई सम्वोधन गर्दै ईन्चार्ज शर्माले समाजवादको आधार तयार पार्न सचेत संघर्षको आवश्यकता रहेको बताए ।

राजनीतिक संघर्षको मुख्य कार्य पुरा भएको भए पनि उत्पादन संघर्षको कार्य वाँकी रहेको वताउँदै ईन्चार्ज शर्माले पार्टीलाई उत्पादनको योजनासँग जोडने र सहकारी मार्फत उत्पादनका कार्यहरु अगाडि बढाउन आवश्यक रहेको बताए । 
श्रम सहकारी मार्फत विकास निर्माण तथा उत्पादनका योजना कार्यान्वयनका लागि गरिएको पहलले जनतामा नयाँ उत्साह पैदा गरेको बताउदै शर्माले श्रम सहकारी मार्फत वित्तीय पुजी निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले पार्टीका हरेक ईकाईहरुले एक एक वटा नमुना उत्पादनको कार्य गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी ईन्चार्ज शर्माले सरकारले गरिरहेको विकास, निर्माण तथा सेवाप्रवाहको काममा जनगुणासो व्यापक रहेको भन्दै अव अनुगमणको कार्यलाई प्रभावकारी बनाइने बताए । 

६ सय कमीटी निर्माण, १२ हजार कार्यकर्ता संगठित
स्थानीय तह तथा वडा र सेल कमिटी सम्म पार्टी एकता सम्पन्न गर्न नेकपा रुकुम पश्चिमको पहिलो वैठकले संचालन गरेको अभियानका क्रममा ६ सय पार्टी कमिटी निर्माण भएको र १२ हजार कार्यकर्तालाई साँगठनिक जिम्मेवारी दिईएको अध्यक्ष गोपाल शर्माले जानकारी दिए । 

आज सम्पन्न वैठकमा जिल्लाका ६ वटै स्थानीय तहका अध्यक्षहरुले गाउँपालिका, नगरपालिका, वडा, टोल र सेल कमिटी सम्म पार्टी एकताको काम पुरा भएको रिपोर्ट आएको बताउदै अध्यक्ष शर्माले वाँकी रहेका टोल र सेल कमीटीमा भाद्र मशान्तसम्म पार्टी एकताको काम पुरा गर्ने निर्णय भएको बताए।  

अध्यक्ष शर्माले जिल्ला कमिटी सदस्यलाई वडा ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिए । स्थानीय सरकारका कामकारवाहीलाई प्रभावकारी वनाउन प्रत्येक स्थानीय तहमा पार्टी कमिटी र स्थानीय सरकारका पदाधिकारी बीच अन्तरक्रियात्मक बैठक गर्ने निर्णय गरेको पनि उनले बताए । 

अध्यक्ष शर्माका अनुसार नेकपा रुकुम पश्चिमको आजको बैठकले सरकार संचालनका लागि गठन गरिएका निर्देशक समितिहरुको वैठक आयोजना गर्ने, असोज १५ गते भित्र जनपरामर्श समितिहरुको निर्माण गर्ने, श्रम सहकारीहरुलाई सुदृढ गर्ने र एक स्थानीय तह एक वित्तीय सहकारी स्थापना गर्ने निर्णय गरेको छ । 

जिल्ला सचिव विमलकुमार पुनको संचालन तथा अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा भएको बैठकमा नेकपा रुकुम पश्चिमका सहईन्चार्ज शेरवहादुर केसी, वसन्त शर्मा कुशल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पनि पार्टी संगठन सुदृढिकरण गर्न, स्थानीय सरकारका कामहरुलाई प्रभावकारी बनाउन निर्देशन गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप