शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बिहीबार, १२ भदौ २०७६, १२ : २०
बिहीबार, १२ भदौ २०७६

काठमाडौं- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका-१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित पशुपति गेष्ट हाउसमा रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रबिन श्रेष्ठलाई पक्राउ गरेको हो । 

हाल फरार रहेका मदन थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको  छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप